१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरको सुनचाँदी बजारमा भएको घटनाको निष्पक्ष छानविनको माग गर्दै व्यवसायीहरु आन्दोलनमा



अ+ अ-

जनकपुर ।   धनतेरस पर्वको पूर्वसन्ध्यामा सुनचाँदी बजारमा भएको घटनामा निष्पक्ष छानविन गर्न माग गर्दै जनकपुरधाम उद्योग वाणिज्य संघ आन्दोलनमा उत्रिएको छ ।

संघले दोषी प्रहरीमाथि कारबाहीको माग गर्दै जनकपुरधाममा बजार व्यवसाय बन्द गरी आन्दोलनमा उत्रिएको हो । संघका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि प्रहरीद्वारा गरिएको दमन तथा कुटपिट विरुद्ध जनकपुरधाम उद्योग वाणिज्य संघ र जनकपुरधामका व्यापारीहरु दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत बजार व्यवसाय बन्द गरेका हुन् ।

जनकपुरधामका व्यापारीहरु बिहान ९ बजेदेखि १२ बजेसम्म आ–आफ्नो व्यापारिक प्रतिष्ठान बन्द गरी बिरोध जनाएका छन् । त्यस्तै जनकपुरधाम उद्योग वाणिज्य संघको अगुवाईमा नगरमा व्यापारीहरुले बिरोध ¥याली समेत निकालेका थिए । संघको आह्वानमा जनकपुरधामका व्यापारीहरु पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत व्यापारिक प्रतिष्ठानमा कालो झण्डा झुन्ड्याएर कालोपट्टी बाँधेर व्यवसाय सञ्चालन गरी ३ दिनसम्म विरोध जनाएका थिए ।

धनतेरस पर्वको पूर्वसन्ध्यामा प्रहरीले अवैध सुनचाँदी रहेको सूचनाको आधारमा छापा मारेको थियो । छापाको क्रममा एक पसलबाट प्रहरीले ७ किलो चाँदी नियन्त्रणमा लिएपछि व्यापारीहरु प्रतिवादमा उत्रिएका थिए । प्रहरीले छापाको नाममा चाँदी लुटेको आरोप लगाएर व्यापारीहरु प्रतिवाद गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । सोही क्रममा प्रहरीको कुटाईबाट जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते हुनुभएको थियो ।