१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

भारतमा चाैथाे व्यक्तिकाे मृत्यु, विश्वभर ९,००० काे ज्यान लियाे काेराेनाले

भारतमा चाैथाे व्यक्तिकाे मृत्यु, विश्वभर ९,००० काे ज्यान लियाे काेराेनाले
अ अ+ अ-

काठमाडाैंः

विश्वमै दाेस्राे बढी जनसंख्या रहेकाे अर्थात एक अर्बभन्दा बढी मानिसकाे बसाेबास रहेकाे भारतमा तुलनात्मक रूपमा प्राणघातक काेराेनाभाइरसकाे प्रभाव हालसम्म नियन्त्रणमै रहेकाे देखिएकाे छ । तर बिहीबार भारतमा अर्का एक व्यक्तिकाे मृत्यु भएकाे छ । याे समेत भारतमा हालसम्म चार जनाकाे ज्यान गएकाे छ ।

छिमेकी राष्ट्र भारतसँग नेपालीकाे बाक्लाे अावतजावत र खुला सीमा भएकाले पनि भारतमा काेराेनापीडितकाे संख्या बढ्नु र व्यक्तिकाे मृत्यु हुनु नेपालका लागि सदैब उच्चतम चासाेकाे विषय हुने गर्दछ । भारतीय अल इन्डिया रेडियाेका अनुसार भारतमा बिहीबार अपराह्नसम्म १४२ जना भारतीय र २५ जना विदेशीमा संक्रमण देखिएकाे छ । तर मृत्यु हुनेहरू सबै भारतीय छन् र भारतीय मिडियाका अनुसार यी मृत व्यक्तिहरू हालै विदेशबाट फर्किएका र ५० वर्षभन्दा बढी उमेरका छन् ।

अल इन्डियाकै खबर अनुसार १५ जनाकाे उपचार भएकाे छ र उनीहरू घर फर्किसकेका छन् ।

हवाइ सेवा एक साताका लागि बन्द

भारतले काेराेनाकाे संक्रमण राेक्न विभिन्न कदम चालिसकेकाे छ जसमा जनचेतना जगाउने, निश्चित संख्याभन्दा बढीलाइ एकै ठाउँमा भेला हुन नदिने, सार्वजनिक स्थल र सवारी साधनमा डिसइन्फेक्टेन्ट बनाउने, काेराेना प्रभावित मुलुकका व्यक्तिलाइ भिसा नदिने र उडान स्थगन गर्ने लगायतका छन् । भारतले यसबीचमा चीनकाे हुबे, इरान, इटाली समेतका मुलुकमा अलपत्र परेका भारतीय नागरिकलाइ हवाइ उद्धार गरेर क्वारेन्टाइनमा राखेकाे छ ।

यसैबीच, काेराेनाकाे संक्रमण हुन नदिन थप सख्त उपाय अवलम्बन गरेकाे छ । भारतले कोभिड१९ को संक्रमण फैलिन नदिन मार्च २२ आइतबारबाट लागु हुने गरी एक साताका लागि अन्तर्राष्ट्रीय उडानहरुको अवतरणमा रोक लगाएको छ ।

व्यवसायिक उडान गर्ने कुनै पनि स्थानबाट आउने जहाजलाई अवतरण गर्न नदिने भएपछि नेपाल र भारतबीचका पनि उडान प्रभावित हुने भएको छ। भारतको यस निर्णयपछि आइतबारबाट त्रिभुवन विमानस्थलबाट भारतको राजधानी नयाँ दिल्ली लगायतका सहरका लागि जहाज उड्‍ने छैनन्।बिहीबार भारतीय सरकारको प्रेस इन्फरमेसन ब्युरोले जनाएअनुसार भारत सरकारले ६५ वर्षभन्दा माथि र १० वर्षभन्दा मुनि उमेरका व्यक्तिलाई घरबाहिर ननिस्किन पनि आग्रह गरेको छ। यस्तै आपतकालीन तथा अत्यावश्यक सेवामा रहेका बाहेक निजी क्षेत्रमा कार्यरतहरुलाई पनि घरबाटै काम गर्न सरकारले आग्रह गरेको छ।