१२ असार २०८३, शुक्रबार
,
Latest
मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र…
तपाईं के खोज्दै हुनुहुन्छ ?

काेराेनाबारे अपडेट हुन ३२१०० नम्बर डायल गर्नुहाेस्



अ+ अ-

काठमाडौं

नेपाल टेलिकमले कोरोना भाइरस सम्बन्धी जानकारी दिने उद्देश्यले ३२१०० नम्बर डायल गरी सुन्न सकिने व्यवस्था गरेको छ । टेलिकमले कोभिड–१९ बारे जानकारीमूलक सामग्री आफ्‍नो मोबाइलमार्फत ३२१०० नम्बर डायल गरी निःशुल्क सुन्‍न सकिने व्यवस्था गरेको हो ।

टेलिकमका प्रवक्ता राजेश जोशीद्वारा जारी विज्ञप्तिमा उक्त नम्बरमा कल गरे पश्चात् कोभिड–१९, यसका लक्षणहरु, फैलने तरिका, उपचार विधि, संक्रमणबाट बच्‍न अपनाउनु पर्ने उपायहरु र अपनाउनु पर्ने सावधानी बारे विश्व स्वास्थ्य संगठनले जारी गरेका सूचकहरुका बारेमा जानकारी प्राप्त गर्न सकिने उल्लेख छ।

३२१०० नम्बर डायल गरेपछि यस सम्बन्धी थप जानकारी लिनका लागि सरकारका हटलाइन नम्बरहरु समेत थाहा पाउन सकिने टेलिकमले जनाएकाे छ । यस्तै नेपाल टेलिकम नेटवर्कभित्र फोन गर्दा कलर रिंग ब्याक टोन(सीआरबीटी) मार्फत कोरोना भाइरसबारे सूचना प्रवाह गरेको छ।