१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

काठमाडौं महानगरले १० करोडको कोष स्थापना गर्ने घाेषणा

काठमाडौं महानगरले १० करोडको कोष स्थापना गर्ने घाेषणा
अ अ+ अ-

काठमाडौँ

काठमाडौं महानगरपालिकाले कोराेना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि १० करोड रूपैयाँको आकस्मिक कोष स्थापना गर्ने निर्णय गरेको छ । बिहीबार बसेको कार्यपालिकाको विशेष बैठकले यस्तो निर्णय गरेको प्रमुख विद्यासुन्दर शाक्यले बताए । कोषबाट भाइरस रोकथाम तथा नियन्त्रणका लागि तत्काललाई साना, मझौला र ठूला वडाहरुलाई क्रमशः २ लाख, ३ लाख र ४ लाख रुपैयाँका दरले निकाशा पठाउने निर्णय गरेको उनले बताए ।

‘कोरोना भाइरस रोकथाम तथा नियन्त्रण एवं डेंगु रोग नियन्त्रणका लागि नेपाली तथा नेपाल भाषामा पर्चा, पम्पेल्ट, व्यानर जस्ता प्रचार सामाग्रीहरु निर्माण एवं वितरण गर्ने निर्णय भएको छ,’ प्रमुख शाक्यले भने, ‘काठमाडौं महानगरपालिका अन्तर्गतका विभिन्न स्थानहरुमा स्वास्थ्य जनशक्ति, स्वास्थ्य सामाग्री, प्रचार सामाग्री सहितको हेल्प डेक्सहरु स्थापना तथा संचालन गरिने छ ।’

बैठकले महागरपालिका स्थित मठ, मन्दिर, मस्जिद, गुम्वा जस्ता धार्मिक, सामाजिक सम्पदा क्षेत्रमा भिडभाड नगर्न सर्वसाधारणलाई अनुरोध गर्ने निर्णय गरेको उनको भनाई छ । मेयर शाक्यले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्वन्धि कार्य प्रभावकारी ढंगले संचालन गर्न काठमाडौं महानगरपालिका जनस्वास्थ्य महाशाखा अन्तर्गत फोकल प्वाइन्टको रुपमा २४ सैं घण्टा हेल्फ डेक्स सञ्चालन गर्ने जानकारी दिए ।

विभिन्न सञ्चारमाध्ययम तथा सामाजिक सन्जालहरु मार्फत कोरना भाइरस रोकथाम तथा नियन्त्रणको लागि जनचेतना मुलक सन्देशहरु लगातार सम्प्रेषण गर्ने–गराउने, कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्य समन्वयात्मक एवं प्रभावकारी ढंगले संचालन गर्न काठमाडौं महानगरपालिका अन्तर्गत रहेको नगर तथा वडा स्तरीय विपद् व्यवस्थापन समितिलाई क्रियाशिल बनाउने जस्ता निर्णय बैठकले गरेको छ ।

‘कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्यको आवश्यक सहयोगको लागि काठमाडौं महानगरपालिको सहकार्यमा संचालित नेपाल एम्बुलेन्स सेवालाई उच्च सतर्कतामा राखी परिचालन गर्ने निर्णय पनि गरेका छौँ,’ उनले भने, ‘काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु अर्को व्यवस्था नभएसम्म भोज भत्तेरमा सामेल नहुने, भोजभत्तेरको आयोजना नगर्न भनेका छौँ ।’

संघीय सरकारले गरेको निर्णय कार्यान्वयन गर्न, गराउन सम्वन्धित विभाग,महाशाखा,शाखालाई निर्देशन गर्ने, उपप्रमुखको नेतृत्वमा रहेको अनुगमन समितिलाई कालोवजारी नियन्त्रणका लागि प्रभावकारी ढंगले परिचालन गर्ने, काठमाडौं महानगरपालिकाभित्र मनाइने जात्रा, पर्वहरुमा परम्परागत रुपमा पुजा बाहेक अन्य कुनै भिडभाड नगर्ने, नगराउने निर्णय पनि महानगरले गरेको छ ।

त्यसैगरी काठमाडौं महानगरपालिका क्षेत्रभित्र कुनैपनि सभा, सम्मेलन, समारोह गर्नलाई निरुत्साहित गर्ने र त्यस्ता कार्यक्रमहरुमा महानगरपालिकाले कुनैपनि सहयोग नगर्ने निर्णय बैठकले गरेको छ । ‘कामपाबाट सञ्चालिन हेल्प डेक्स तथा सार्वजनिक स्थानहरुमा निःशुल्क मास्क तथा सेनिटाइजर वितरण गर्ने, कामपाको कार्यालय तथा कार्यकक्षमा डिसइन्फेक्सन गर्ने पनि तयारी गरेका छौँ,’ शाक्यले भने, ‘कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न सन्देशमुलक सूचना, होर्डिङ तथा डिजिटल बोर्डबाट प्रचार तथा डिसप्ले गर्ने व्यवस्था मिलाउने छौँ ।’

डिपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख वासुदेव पाण्डेले महानगरपालिकासँग सहकार्य गरेर कोरना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न महाशाखा तयार रहेको बताए । ‘टेष्ट गर्ने सामान हामीसँग छ,’ उनले भने, ‘कसैलाई पनि उपचारको अभावमा ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिने गरी काम गर्न हामी तयार छौँ ।’