३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा
अ+ अ-

बर्दिया । आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका साथ आइतबार पोखराबाट निस्केको ‘जाउँ है बेगनास पोखरा’को टोलीले सोमबार बर्दियाको ठाकुरबाबा नगरपालिकाका पर्यटन व्यवसायीसँग पर्यटकीय साझेदारीका विषयमा छलफल गरेको छ ।

होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवं नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष(२०२५ को सहयोगमा त्रीदिवसीय कार्यक्रमका साथ निस्केको टोलीले बेगनास क्षेत्र र बर्दियाको पर्यटकीय साझेदारीलगायतका विषयमा छलफल गरेको हो ।

पर्या-पर्यटन विकास मञ्च ठाकुरद्वाराको सहजीकरणमा ठाकुरबाबा नगरपालिकामा गरिएको कार्यक्रमका सहभागीले पर्या(पर्यटनलगायत क्षेत्रमा एकरुपता रहेकाले बेगनास र बर्दियाबीच पर्यटकीय साझेदारीले दुवै लाभान्वित हुनेमा जोड दिइएको हो ।

ठाकुरबाबा नगरपालिकाका प्रमुख तीलकराम लम्सालले नेपाल आफैँमा प्रचुर पर्यटकीय सम्भावना भएको देश भएकाले राज्यका तीनवटै तहले यस क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । पोखरासँगको पर्यटकीय साझेदारीका लागि आफूहरू तयार रहेको जनाउँदै उहाँले आपसी समन्वयबाट दुवै क्षेत्रको पर्यटकीय विकासलाई अघि बढाउन सकिने धारणा राख्नुभयो ।

पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका सहसंयोजक एवं होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका सल्लाहकार दामोदरभक्त थापाले लेखनाथ क्षेत्रमा रहेका बेगनासतालसहितका सात तालहरू, यहाँबाट देखिने हिमाली दृश्यसँगै पर्यटकीय सम्भावनालाई उजागर गर्नेतर्फ आफूहरू लागेको बताउनुभयो ।

बेगनासतालसहित यस आसपासका क्षेत्र जैविक विविधताले सम्पन्न हुनुका साथै चरा पर्यटनलगायतमा धेरै सम्भावना बोकेको जनाउँदै उहाँले बर्दियाका पर्यटकीय क्षेत्रसँग यस्ता विषय मिल्दोजुल्दो भएकाले सहकार्य गरेर अघि बढ्न सकिने धारणा राख्नुभयो । उहाँले बेगनाससहित यहाँका तलतलैया एवं पर्यटकीय गन्तव्य समेटिएको श्रव्यदृश्य सामग्री प्रस्तुत गर्नुभएको थियो ।

होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका अध्यक्ष वीरभद्र कँडेलले लेखनाथ क्षेत्रमा तालतलैयासँगै हिमाल हेरेर फुटबल खेल्न सकिने, भण्डारढिकस्थिल खेलमैदानलगायत पर्यटकीय पूर्वाधार रहेका जानकारी दिनुभयो । बेगनास क्षेत्रमा आएका पर्यटकलाई बर्दिया पठाउँदा पर्यटकीय गतिविधिसँगै आम्दानी बढ्ने बताउँदै उहाँले बर्दिया आउने पर्यटकलाई बेगनाससहित पोखराका पर्यटकीय गन्तव्य पठाउन आग्रह गर्नुभयो ।

ठाकुरबाबा नगरपालिकाका उपप्रमुख बिनाकुुमारी भट्टराईले विश्वमा बाघ हेर्ने महत्त्वपूर्ण गन्तव्यका रूपमा बर्दिया विकास भइरहेको उल्लेख गर्दै प्राकृतिक रूपमा सम्पन्न पोखरासँग पर्यटकीय साझेदारी गरेर अघि बढिने धारणा राख्नुभयो ।

पोखरा महानगरपालिकाका लेखा अधिकृत छविलाल शर्माले बर्दिया र कास्कीमा भएका पर्यटकीय सम्भावनालाई उजागर गर्न आपसी समन्वय र सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

पर्या-पर्यटन विकास मञ्च बर्दियाका अध्यक्ष कृष्णप्रसाद भट्टराईले राष्ट्रिय निकुुञ्जका कारण बर्दिया परिचित बनेको बताउँदै संसारकै घुम्ने गन्तव्यका रूपमा बर्दियाले विश्वव्यापी चर्चा पाउन थालेको जानकारी दिनुभयो । पोखरा आफैँमा पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएका कारण आफूहरू पोखरासँगको पर्यटकीय साझेदारीका लागि हातेमालो गर्न तयार रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा होटेल एशोसिएसन नेपाल(हान) बर्दियाका महासचिव रेशम थापा, बर्दिया संरक्षण क्षेत्रका अध्यक्ष राजन चौधरीलगायतले पर्यटकीय साझेदारीले दुवै गन्तव्य लाभान्वित हुने भएकाले यसतर्फ लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रवर्द्धन टोली आज कर्णालीको सदरमुुकाम सुर्खेतका पर्यटकीय गन्तव्यको अवलोकनसँगै त्यहाँका पर्यटन व्यवसायीसँग छलफल एवं अन्तरक्रिया गरी पोखरा फर्कने होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका महसचिव सुरेश लामिछानेले जानकारी दिनुभयो । रासस