३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मष्टा समूहको सञ्चालकविरुद्ध मुद्दा दायर



अ+ अ-

काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले मष्टा ग्रुपका सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर गरेको छ । विभागले जिल्ला अदालत काठमाडौँमा सो कम्पनीका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको हो ।

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।

अभियोगमा खरिदको कूल मूल्यसमेत गर्दा हुन आउने कूल रकम रु एक अर्ब ४५ करोड ५४ लाख तीन हजार ९४८ तथा अवैध तरिकाले आयात गरेको सुन ६० किलो ७१६ ग्रामको तत्कालीन मूल्य प्रतितोला रु एक लाख १२ हजार ५०० का दरले हुन आउने रु ५८ करोड ५६ लाख नौ हजार ५६८ बराबर रहेको छ ।

विभागले चलाउनेको नाममा हिमालयन बैंकमा रहेको खातामा रु तीन करोड ५२ लाख गरी कूल रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।