१ आश्विन २०८३, बिहीबार
,
Latest
जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी जलवायु न्यायका लागि नेपालको क्लाइमेट डिप्लोमेसीलाई अझ प्रभावकारी बनाउनुपर्छः प्रमेश हमाल करदाता प्रोत्साहन उपहारमा ३३ विजेता, दुई जनाले पाए १०–१० लाख जलवायु क्षतिको दाबी गर्न ‘वैज्ञानिक तथ्यांक’ बलियो बनाउन जरुरी छः सांसद रेग्मी राष्ट्रपति पौडेलसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस ‘विपद्को सामाजिक–आर्थिक प्रभाव’ विषयमा अर्याललाई विद्यावारिधि ‘लस एण्ड ड्यामेज’को दाबी बलियो बनाउन वैज्ञानिक प्रमाणमा लगानी बढाउनुपर्छ : सांसद कार्की मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा समावेशीता छुटेको छैनः कानूनमन्त्री गौतम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेका विरुद्धमा चार शक्ति क्रियाशील छन्ः महासचिव पोखरेल



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले विरुद्ध नेपालमा चार शक्ति सक्रिय रहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपालले सोमवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले वाह्य शक्ति, राजसंस्थावादी शक्ति, माओवादी केन्द्र र स्वतन्त्रका नाममा अराजकता फैलाउनेहरु एमाले र एमालेको नेतृत्वको विरुद्धमा लागेको आरोप लगाउनु भयो । उहाँले एमालेले राजसंस्था पुनःस्थापनमा जुटेकाहरुलाई एमाले नेतृत्वको सरकारले असफल बनाएकोले उनीहरु एमालेविरुद्ध लागेको बताउनु भयो ।

यस्तै माओवादी केन्द्रलाई लक्षित गर्दै सरकारच्युत हुनुपरेकाहरु र अराजकताको विरुद्धमा प्रतिवाद गरेका कारण राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्रताको नाममा अराजकता फैलाउनेहरु नियोजित रुपमा एमाले विरुद्ध लागेको उहाँको भनाई छ । यी नै चार शक्तिका कारण नेपालमा जेन–जी आन्दोलनका नाममा अराजक गतिविधि भएको उहाँको दाबी छ ।

उहाँले भन्नुभयो, ‘नेपालमा ४ प्रकारका शक्तिहरु संगठित रुपमा लागिरहेका छन् । त्यसको सामाना गर्नुपर्छ भनेर हामीले भनेका थियौँ । ती चार प्रकारका शक्तिहरु को हुन् त भन्दाखेरी पहिलो, वाह्य शक्ति, दोस्रो स्वभाविक रुपमा राजसंस्था पुनःस्थापनाको अभियानमा जुटेका र नेकपा एमाले नेतृत्वको सरकारका कारणले असफल भएका, उनीहरु एमाले र त्यसको नेतृत्वको विरुद्ध केन्द्रित छन् भन्ने हाम्रो निष्कर्ष थियो । तेस्रो शक्ति सरकारच्युत भएकाहरु नेकपा एमालेको नेतृत्वको विरुद्धमा नियोजित ढंगले परिचालित छन् भन्ने कुरा गरेका थियौँ । र चौथो शक्तिका रुपमा कथित स्वतन्त्र पार्टी र स्वतन्त्रका नाममा सामाजिक अराजकताका बाहक बनिरहेकाहरु नै एमाले र त्यसको नेर्तत्वको विरुद्धमा छन् किनकी पपुलिजम समस्याको समाधान होईन भनेर वैचारिक रुपमा प्रतिवाद गर्ने पार्टीका रुपमा एमाले भएको कारणले उनीहरु एमाले र त्यसको विरुद्धमा लक्षित छन् ।’ 

उहाँले भदौ २३ गतेको घटनामा प्रहरीले गरेको गतिविधिको पनि आलोचना गर्नुभयो । नेपालमा धेरै राजनितिक आन्दोलन भएको उल्लेख गर्नुहुँदै उहाँले जेन–जी आन्दोलनमा क्रममा प्रहरीले भीड नियन्त्रणको लागि अपनाएको विधि शंकास्पद भएको दोहो¥याउनु भयो । –