२८ भाद्र २०८३, आईतवार
,
Latest
जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसम: मेघ गर्जन, चट्याङ्गसहित वर्षाको सम्भावना



अ+ अ-

मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको छ । पूर्वानुमानका अनुसार देशका पूर्वी र पश्चिमी पहाडी भू–भागका केही स्थानहरूमा आंशिक बदली भइरहेको छ ।

शुक्रबार दिउँसो भने देशका पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भागमा भने सामान्यतया मौसम सफा रहने पूर्वानुमानमा उल्लेख छ । यसैगरी, अपरान्हपछि भने पहाडी क्षेत्रका १÷२ स्थानहरुमा मेघ गर्जन, चट्याङ र हल्का वर्षाको सम्भावना रहेको छ ।

राति देशका पूर्वी पहाडी क्षेत्रमा आंशिक र सामान्य बदली हुने साथै मध्य र पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमानमा उल्लेख गरिएको छ । बाँकी क्षेत्रमा भने सामान्यतया मौसम सफा रहनेछ ।