१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

अनुगमनलाई चुस्त बनाउँदै काभ्रे जिल्ला प्रशासन

अनुगमनलाई चुस्त बनाउँदै काभ्रे जिल्ला प्रशासन
अ अ+ अ-

बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेले दैनिक उपभोग्य वस्तुको बजारमा अभाव हुन नदिन प्रभावकारी अनुगमन शुरु गरेको छ । कोभिड–१९ को जोखिमले बजारमा उपभोग्य वस्तु लगायत ग्यासको अभाव भएको जनगुनासो बढेपछि प्रशासनले अनुगमन शुरु गरेको हो । बिहीबार जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि खगेन्द्र सुवेदीको संयोजकत्वमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख केशवप्रसाद पुडासैनी, बनेपा नगरपालिकाका प्रतिनिधि सुदर्शन कारञ्जित, काभ्रे उद्योग वाणिज्य सङ्घका महासचिव कैलाश पलाञ्चोके, इलाका प्रहरी कार्यालयका प्रतिनिधि विष्णु सापकोटालगायतको संयुक्त टोलीले विभिन्न ग्यास उद्योग अनुगमन गरेको हो।

यसक्रममा टोलीले बनेपा नगरपालिका–४ मा रहेको सगरमाथा ग्यास उद्योग र वडा नं १० मा रहेको सूर्य ग्यास र चण्डी ग्यास उद्योगमा अनुगमन गरेको हो । उपभोक्ताले आवश्यकभन्दा बढी भण्डारण गर्न थालेका कारण यस्तो समस्या भएको पाइएको अनुगमन टोलीले जनाएको छ । अनुगमनको क्रममा ती उद्योगले बजारको मागअनुसार ग्यास डिलरलाई पठाइरहेको पाइएको जनाएको छ । उद्योगले पहिलाको भन्दा दुई गुणा ग्यास बजारमा वितरण गरेको पाइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुडासैनीले जानकारी दिए ।

“ग्यास उद्योगले निरन्तर ग्यास बजारमा पठाए पनि उपभोक्तले अभाव हुने हो कि भनी सञ्चय गरेका कारण बजारमा ग्याँस अभावको हल्ला चलेको पाईएको छ ।” अन्य समयभन्दा आजकाल दुईगुणा बजारमा पठाइरहेको सो उद्योगका व्यवस्थापक रोशन नापितले बताए । “हामीले पहिलाको भन्दा दुई गुणा ग्यासका सिलिण्डर बजारमा पठाएका छौँ”, उनले भने, “अझै पनि बजामार माग धेरै छ ।” सूर्य ग्यास उद्योगबाट पनि पहिलेको भन्दा बढी ग्यास बजारमा पठाएको उद्योगले जनाएको छ ।

अरु बेला दैनिक सात/आठ सय सिलिण्डर बजारमा पठाउने गरेकामा अहिले दैनिक एक हजार ८०० सिलिण्डर ग्यास पठाउँदा पनि माग आउने क्रम जारी रहेको जनाएको छ । अनुगमनको क्रममा उद्योगमा साइनबोर्ड नभएको पाइएको भन्दै तत्काल साइनबोर्ड राख्न निर्देशन दिएको छ । त्यस्तै ग्यासको वितरण सहज, न्यायोचित र डिलरहरूलाई निरन्तर ग्यास उपलब्ध गराउनसमेत अनुगमन टोलीले निर्देशन दिएको छ ।