२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने

अफगानिस्तानमा ६.३ म्याग्निच्यूडको भूकम्प, कम्तिमा चार जनाको मृत्यु

अफगानिस्तानमा ६.३ म्याग्निच्यूडको भूकम्प, कम्तिमा चार जनाको मृत्यु
अ अ+ अ-

काठमाडौं । अफगानिस्तानमा ६ दशमलव ३ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ ।

स्थानीय समयअनुसार गएको मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार–ए–शरीफ नजिक भूकम्प गएको हो ।

अमेरिकी भू–वैज्ञानिक सर्वेक्षण (युएसजिएस) का अनुसार भूकम्पको केन्द्र बाल्ख प्रान्तको खुल्म सहर नजिक करिब २८ किलोमिटर गहिराइमा थियो ।

अफगान अधिकारीका अनुसार प्रारम्भिक विवरणमा कम्तिमा चार जनाको मृत्यु भएको छ ।

गएरातिको ६.३ म्याग्निच्युडको भूकम्प गएपछि कम्तिमा पाँचवटा पराकम्प आएका छन् । जसमा सबैभन्दा ठूलो ५.२ म्याग्निच्युडको रहेको सिएनएनले जनाएको छ ।

बाल्खका गर्भनरका प्रवक्ता हाजी जैदले भने, ’हामीले ठूलो आर्थिक र जनधनको क्षति भोगेका छौं। धेरै मानिस घाइते भएका छन्, र हालसम्म चार जनाको मृत्यु पुष्टि भएको छ ।’

अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जारी गरेको विज्ञप्तिमा देशका धेरै प्रान्न फेरि एक पटक शक्तिशाली भूकम्पबाट हल्लिएको भनिएको छ ।

भूकम्पको कम्पन छिमेकी ताजिकिस्तान, उज्बेकिस्तान र तुर्कमेनिस्तानसम्म महसुस गरिएको छ ।

मजार–ए–शरीफको ऐतिहासिक ब्लू मस्जिदमा समेत ठूलो क्षति पुगेको बताइएको छ ।

सामाजिक सञ्जालमा आएका भिडियोहरूमा मस्जिदको आँगनमा ढुंगामाटो र भग्नावशेषहरू देखिएका छन् ।

गत अगस्टमा पनि अफगानिस्तानको पूर्वी भागमा ६ म्याग्निच्युडको भूकम्पले कम्तिमा २ हजार २०० जनाको मृत्यु र हजारौंको घाइते भएका थिए ।

त्यस्तै, २०२३ अक्टोबरमा पश्चिमी अफगानिस्तानमा ६.३ म्याग्निच्युडको अर्को भूकम्पमा २,००० भन्दा बढी मानिसले ज्यान गुमाएका थिए।