१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

गाउँ फर्किनेको लर्को, टिकटमा कालोबजारी, सरकार फेरि पनि रमिते

गाउँ फर्किनेको लर्को, टिकटमा कालोबजारी, सरकार फेरि पनि रमिते
अ अ+ अ-

काठमाडौं । यतिखेर काठमाडौँको बसपार्क, कलंकी र बल्खुमा गाउँ फर्किन लागेका मानिसको ठूलो लर्को लागेको छ । नयाँ बसपार्कको टिकट काउन्टरका अनुसार बिहीबारमात्र १० हजार जनाले टिकट लिएका छन् भने अरु त्यति नै नागरिक बिना टिकट यात्रा गरेका छन् । कोरोना संक्रमणको सम्भावित संक्रमणलाई रोक्न भन्दै उनीहरु घर फर्किन लागेका हुन् । हालसालै मात्र स्कुल र कलेज बन्द भएका छन् भने अन्यत्रतिर पनि बन्दप्राय छ । एकातिर कोरोनाको त्रास र अर्कातर्फ स्कुल कलेज बन्द भएपछि काठमाडौंबाट बाहिरने यात्रुको चाप अत्यधिक बढेको छ । काठमाडौंका मुख्य बसपार्क र टिकट काउन्टरहरुमा हिजो देखि नै निकै ठूलो भीड यात्रुको देखिएको छ ।

तर दुःखको कुरा त यो छ कि रोगको त्रासल बालबालिका बोकेर गाउँ जान लागेका धेरैजसो नागरिकले टिकट पाएका छैनन् । टिकटमा कालोबजारी भएको । मूल्यभन्दा बढी मात्रामा टिकटको पैसा भनिएको उनीहरुको गुनासो छ । काउन्टरमा टिकट नपाउने तर बढी मूल्यमा टिकट भन्ने गरेको उनीहरु बताउँछन् । बालबालिकाको परीक्षा सकिएसँगै कोरोना भाइरसको त्रासका कारण गाउँ फर्किन लागेकाहरुलाई टिकट नपाएर हैरानी भएको बताइएको छ । टिकट कालोबजारी हुन थालेपछि यात्रुले दोब्बरसम्म भाडा तिर्नुपरेको गुनासो गरेका छन् । कतिपयले घर फर्किन सवारी नै नपाएर हैरानी भोगिरहेका छन् ।

बिहीबार बिहानैदेखि यस्तो अवस्था देखिएको थियो । शुक्रबार यात्रुको संख्या अझ धेरै बढेको देखिएको छ । यात्रुको चाप बढेसँगै यात्रुबाट बढी भाडा असुल्ने क्रम पनि सुरु भएको हो । बस र सिट नभएको बहाना बनाउँदै भाडा बढी असुल्ने क्रम सुरु भएको खुलेआम देखिएको भए पनि त्यहाँ प्रहरी या अरु कसैले अनुगमन गरेको देखिँदैन । दशैंसहित यात्रुको चाप भएका समयमा यातायात व्यवसायीले विगतमा पनि यसैगरी बढी भाडा असुल्ने गरेका थिए । सोही क्रम अहिले पनि देखिएको छ । बाहिर जान बसपार्कमा पुगेका व्यक्ति भन्दैछन् दलालले दोब्बर भाडा दिए सिट मिलाइदिन्छु भनेका छन् तर काउन्टरमा भने टिकट नै छैन भन्छन् ।

शुक्रबार पनि विहानैदेखि विभिन्न टिकट काउन्टरमा पुगेका यात्रुहरुले भीड बढेको मौका छोपेर व्यवसायीले यात्रुलाई ठग्न सुरु गरेको बताएका छन् । उता यातायात व्यवसायीहरु भने केही दिनदेखि यात्रु घटेर धेरै बस ग्यारेजमा थन्किएकाले समस्या भएको बताउँछन् । मोफसलका ग्यारेजमा बस थन्किएका बस काठमाडौं आउन सुरु गरेकाले शनिबारसम्म टिकट नपाउने अवस्था सहज बन्ने उनीहरुको दावी छ । योसँगै नागरिक भने सरकारसँग आक्रोसित भएका छन् ।

काठमाडौँमा पनि ग्याँस पाइएन, रोगको त्रास छ मास्क पनि कतै पाइएन । यसै मेसोमा घर फर्किउँ भनेको पनि टिकट पाउँदैन– उनीहरुको गुनासो छ । राजधानीमा खाद्यान्नमा नै मूल्य बढेको छ । उता ग्याँस नपाएर समस्या छ । यसैमा घर हिँडेका यात्रु टिकटमा पनि ठगिएपछि सरकार थप रमिते भएको देखिएको छ ।