१२ असार २०८३, शुक्रबार
,
Latest
मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र…
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशको कमाइले स्वदेशमा कागती खेती



अ+ अ-

दाङ । तुलसीपुर उपमहानगरपालिका–१९ विजौरीमा एक युवाले व्यावसायिक कागती खेती गर्नुभएको छ । रुकुम खारा स्थायी घर भई विजौरीमा बस्दै आउनुभएका रामचन्द्र खड्काले २२ कट्ठा जग्गा भाडामा लिएर व्यावसायिक कागती खेती शुरु गर्नुभएको हो । वार्षिक रु ५० हजारका दरले जग्गा भाडामा लिई व्यवसाय शुरु गर्नुभएका खड्कालाई शुरु शुरुमा गाउँलेले नै पत्याएका थिएनन् । कागतीले आम्दानी दिन थालेपछि अहिले गाउँले पनि कागती किन्न र हेर्न आउन थालेका छन् ।

दुई वर्ष पहिले लगाएको कागतीले अहिले उत्पादन दिइरहेको छ । भर्खरै १५ क्विन्टल कागती प्रतिकेजी रु १२० का दरले बिक्री गरेको खड्काले जानकारी दिनुभयो । चटपटे बनाउनेदेखि बजारका तरकारी पसले उहाँका ग्राहक हुन् । गाउँघरमै सानोलाई रु १० र ठूलोलाई रु १५ प्रतिगोटाका दरले पनि बिक्री भइरहेको खड्का बताउनुहुन्छ । घर परिवारका पाँचले नियमित काम गरिरहे पनि कहिलेकाहीँ चार÷पाँच कामदार लगाउनुपरेको उहाँले बताउनुभयो ।

कागतीको बिरुवा भारतबाट प्रतिबोट रु २५० मा किनेर ल्याउनुभएका खड्का यो कुन जातको कागती हो भन्ने नै थाहा नभएको बताउनुहुन्छ । मकवानपुरमा यो जातको कागतीलाई एम १५ भन्ने गरे पनि कृषि विज्ञका अनुसार फरकफरक नाम भन्ने गरेको उहाँले बताउनुभयो । रोजगारीका लागि दुईपटक मलेशिया र एकपटक अफगानिस्तान गएर आएपछि खड्काले व्यवसाय शुरु गर्नुभएको हो । छ वर्ष विदेश गएर कमाएको पैसा लगानी गरेर व्यवसाय शुरु गर्नुभएका खड्काले व्यवसायमा रु ७५ लाख लगानी गरेको बताउनुभयो ।

विदेशमा गरेको दुःख सम्झेर नेपालमै बसेर केही गर्नुपर्छ भन्ने सोचले कृषि कर्म नै रोजेको उहाँले बताउनुभयो । “नेपाली बजारमा सधैँ प्रयोग हुने कागती भारतबाट आयात भएको बुझेर यहाँ उत्पादन गर्दा बजारीकरणमा समस्या नहुने भएकाले कागती खेती नै रोजेको हुँ”, खड्काले भन्नुभयो । बिजौरीको २२ कट्ठाको खेतीबाट उत्पादन शुरु भएपछि खड्काले घोराही उपमहानगरपालिका–५ धर्नामा तीन बिघा जग्गा भाडामा लिएर कागती र माछापालन शुरु गर्नुभएको छ । कागतीसँगै माछा, कुखुरा, केराखेतीसँगै भैँसी र बाख्रा पनि पाल्नुभएको छ ।

व्यवसाय शुरु गरे पनि सरकारबाट कुनै किसिमको सहयोग नपाएको उहाँले बताउनुभयो । “बैंकको ऋण लिन पनि धितो चाहिने तर आफूसँग जग्गा जमिन नभएकाले साथीभाइसँग महँगोमा ऋण लिनुपरेको छ”, खड्काले भन्नुभयो । कृषि पेशाबाट मानिस पलायन भएर अन्य पेशा अपनाइरहेका समयमा खड्काले गरेको कृषिले सबैको मन लोभ्याउने गरेको छ । सरकारबाट अनुदान नपाइए पनि सहुलियत ऋणको व्यवस्था गरिदिए कृषि पेशामा आकर्षण बढ्ने उहाँको भनाइ छ ।