२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइतबारदेखी देशभरका सबै अदालत बन्द हुने



अ+ अ-

काठमाडौं । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरका अदालतहरु हुने भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले आइतबारदेखी देशभरका अदालतहरु दुई साता बन्द गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालत स्रोतका अनुसार ९ गते आईतबारदेखी आगमी चैत्र २२ गतेसम्मका लागि देशभरका अदालतहरु बन्द गर्ने निर्णय गरेको हो । बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने कारवाही रोकिने छैन ।

सरकारले कोरोनाविरुद्धको लडाइँमा आफ्नो सबै शक्तिकेन्द्रित गरेका बेला संसदसमेत स्थगित भइसकेकाले न्यायपालिकाले पनि जोखिम मोल्न नचाहेको हो ।

यसअघि नै नेपाल बार एशोसियसनले सम्पूर्ण सुनुवाई स्थगित गर्न सर्वोच्चलाई आग्रह गरेको थियो ।