१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

कोरोनाको प्रभावः इटालीमा मृत्यु हुनेको संख्या चीनभन्दा बढी, क्यालिफोर्नियामा “लकडाउन”

कोरोनाको प्रभावः इटालीमा मृत्यु हुनेको संख्या चीनभन्दा बढी, क्यालिफोर्नियामा “लकडाउन”
अ अ+ अ-

काठमाडौं । युरोपेली मुलुक इटालीमा कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या बिहीबार तीन हजार नाघेको छ । यो संख्या चीनमा मृत्यु भएका व्यक्तिभन्दा बढी हो । अमेरिकी राज्य क्यालिफोर्नियामा तीन करोड ९० लाख भन्दा बढी मानिसलाई घरभित्रै बस्न आदेश दिइएको छ । अमेरिकामा यति कठोर कदम चाल्ने क्यालिफोर्निया पहिलो राज्य हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिकाले कोरोना संक्रमित व्यक्तिको उपचारका लागि औलोका बिरामीलाई दिइने औषधिको प्रयोग गर्न पहिलो पटक अनुमति दिइएको बताउनु भएको छ ।

चीनले शुक्रबार लगातार दोस्रो दिन कोरोनाका संक्रमित व्यक्ति उपचारका लागि स्वास्थ्य केन्द्रमा नआएको जनाएको छ । गत डिसेम्बरको मध्यबाट उहानमा यो भाइरस देखा परेको थियो । चीनमा आशाको किरण देखा पर्दा थुप्रै देशहरूले आफ्नो सीमाना कडा पारेका छन् । लाखौं मानिसलाई घरभित्रै बस्न बाध्य बनाइएको छ

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले समयमै भाइरस फैलिनबाट नरोकिए लाखौं मानिस मर्ने चेतावनी दिनुभएको छ । विश्वका नेताहरूले विश्व अर्थतन्त्रलाई अगाडि बढाउन करिब एक ट्रिलियन डलरको राहत योजना सार्वजनिक गरिसकेका छन् ।

इटालीले बिहीबार थप ४२७ जनाको मृत्यु भएको घोषणा गरेको छ र योसँगै इटालीमा मृत्यु भएका व्यक्तिको संख्या तीन हजार ४०५ पुगेको आधिकारिक स्रोतहरुले जनाएका छन् । आधिकारिक स्रोतका अनुसार भाइरसका कारण चीनमा तीन हजार २४५ जनाको मृत्यु भएको छ । यो रोगले खासगरी बुढेसकालका व्यक्तिहरुमा श्वासप्रश्वासको समस्या निम्त्याउने गरेको चिनियाँ चिकित्सकहरुले बताएका छन् ।

फ्रान्समा पछिल्लो २४ घण्टामा थप १०८ जनाको मृत्यु भएको छ र यो सहित फ्रान्समा मृत्यु हुनेको संख्या ३७२ पुगेको छ ।
एएफपीको तथ्याङ्क अनुसार विश्वव्यापी रूपमा भाइरसबाट मर्नेको संख्या बढेर १० हजार नाघेको छ भने दुई लाख ३२ हजार ६५० जना बिरामी परेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले बिहीबार भन्नुभएको छ, “यदि हामीले भाइरसलाई आगोझैं फैलिन दिने हो भने यसबाट खासगरी पहिल्यै स्वास्थ्य जोखिममा रहेका मुलुकका दशौं लाख मानिसको मृत्यु हुनेछ ।”

चीनमा भन्दा अहिले विश्वका अन्य मुलुकमा मृत्यु हुनेको र संक्रमित व्यक्तिको संख्या बढी भइसकेको छ । चीनले गत जनवरी महिनादेखि अपनाएको कडा उपायका कारण भाइरसको उद्गमस्थल उहान सहित चीनभर नै भाइरसलाई परास्त गरेको देखिन्छ ।

कोरोना संकटप्रति पर्याप्त चासो नदिएको भन्दै आलोचना खेपिरहनु भएका अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले प्रकोपका बारेमा पर्याप्त पारदर्शिता देखाउन नसक्दा त्यसको असर विश्वले भोग्नु परेको बिहीबार आरोप लगाउनु भएको छ । “यसलाई चीनको एउटा क्षेत्रमा समेट्न सकिन्थ्यो जहाँ यो सुरु भयो । निश्चय पनि उनीहरूले गरेको बेवास्ताका लागि विश्वले ठूलो मूल्य तिर्दैछ ।”

ट्रम्पले अमेरिकी अधिकारीहरूले कोरोनाभाइरसको उपचारका रूपमा प्रयोग गर्न एन्टिमेलेरियल क्लोरोक्वाइन र हाइड्रोक्सीक्लोरोक्विन जतिसक्दो छिटो उपलब्ध गराउन आदेश दिइएको बताउनुभयो । यी औषधि शताब्दियौंदेखि औलोको उपचारका लागि प्रयोग भइरहेको छ ।

इटालीमा मृतकको संख्या बढेसँगै प्रधानमन्त्री ज्युसेप कोन्टेले युरोपका अन्य मुलुकमा अपनाइए झैं राष्ट्रिय तालाबन्दी आगामी अप्रिल ३ सम्म लम्ब्याइएको बताउनु भएको छ ।

फ्रान्समा पनि राष्ट्रपति इमानुएल म्याँक्रोले दुई हप्ताको तालाबन्दी विस्तार थप गरिने बताउनु भएको छ । अर्जेन्टिनामा राष्ट्रपति अल्बर्टो फनान्डिजले शुक्रबारदेखि आगामी मार्च ३१ सम्म कोरोना संक्रमण फैलिन नदिन अनिवार्य तालाबन्दीको घोषणा गर्नु भएको छ । ब्राजिलको रियो दि जेनेरियो राज्यले पनि आफ्ना राज्यमा रहेका पर्यटकीय प्रसिद्ध समुद्री किनाराहरु, रेस्टुराँ र बारहरु १५ दिनका लागि बन्द गर्ने घोषणा गरेको छ ।

अमेरिकाको क्यालिफोर्निया राज्यका गभर्नर ग्याविन न्यूसमले “हाम्रो अन्तरनिर्भरताको मान्यता”का आधारमा राज्यको तालाबन्दी बिहीबार साँझबाट सुरु हुने बताउनु भएको छ ।

बेलायतमा प्रधानमन्त्री बोरिस जोनसनले मानिसहरुले सामाजिक सम्पर्कबाट केही समय टाढा रहेको खण्डमा यो महामारी १२ हप्ताभित्रै समाप्त हुने बताउनु भएको छ ।

यो रोगले बरिष्ट व्यक्तित्वहरुलाई पनि छोएको छ । युरोपेली ब्रेक्सिट वार्ताकार मिशेल बार्नियर, मोनाकोका राजकुमार अल्बर्ट द्वितीय र संयुक्तराज्य अमेरिकामा कम्तिमा आधा दर्जन एनबीए खेलाडीहरूमा कोरोना संक्रमण देखिएको छ ।

महामारीकै कारण जी७ को शिखर सम्मेलन स्थगित भएको छ । यो सम्मेलन यसपटक राष्ट्रपति ट्रम्पद्वारा वासिङ्टन डिसीको नजिक क्याम्प डेभिडमा आयोजना गर्न लागिएको थियो । विश्वका सात धनी मुलुकको यो सम्मेलन अब भिडियो कन्फरेन्सबाट गर्ने तयारी हुँदैछ ।

यस्तै महामारीसँगै सेयर बजारमा छाएको मन्दीबाट सिर्जित समस्या सुल्झाउन नीति निर्माताहरूले यस हप्ता विभिन्न उपायहरुमाथि विचारविमर्श थालेका छन् । युरोपेली केन्द्रीय बैंकले ७५० अर्ब यरोको बन्ड खरिद गर्ने योजना अघि सारेको छ ।

संयुक्त राज्य अमेरिकामा अर्थमन्त्री स्टिभन मन्चिनले कङ्ग्रेस समक्ष १ ट्रिलियन डलरको आपतकालीन प्रोत्साहन प्याकेज पारित गर्न आग्रह गर्नु भएको छ । विश्वको सेयर बजार निरन्तर ओरालो लागेको छ ।

अफ्रिकाका विभिन्न मुलुकमा कोरोनाभाइरसका बिरामी देखिएसँगै स्कुलहरु बन्द गरिएका छन् भने सीमा क्षेत्रमा मानिसको आवातजावतलाई थप कडा पारिएको छ ।

रसियामा पनि पहिलोपटक एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अष्ट्रेलिया र न्यूजील्याण्डले गैर–बासिन्दाको आगमनमा प्रतिबन्ध लगाएको छ भने दुबै मुलुकले संक्रमण नियन्त्रणमा अझ कडा कदमहरु चालेका छन् ।

यसैबीच, बिहीबार ग्रीसले ओलम्पिक ज्वाला टोकियो २०२० का आयोजकहरूलाई हस्तान्तरण गरेको छ जबकि इङलिस प्रिमियर लिग फुटबलका खेलहरु कम्तिमा आगामी अप्रिल ३० सम्म नगर्ने घोषणा गरिएको छ ।