१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

कोरोना भाइरसको सन्त्रासबाट बच्न महानगरपालिकाले गर्याे यस्तो अपिल!

कोरोना भाइरसको सन्त्रासबाट बच्न महानगरपालिकाले गर्याे यस्तो अपिल!
अ अ+ अ-

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को सन्त्रासबाट मुलुक नै भयभीत भइरहेको छ । संघीय राजधानी समेत रहेको काठमाडौं महानगरपालिका यो सन्त्रासबाट अछुत रहने कुरै भएन । यहाँ महानगरवासीसँगै देशभरिकै नागरिक विभिन्न पेशा व्यवसाय अंगालेर बसिरहेका छन् । विदेशी नागरिकहरूको समेत आवतजावत हुने मुख्य केन्द्र रहेका कारणले समेत विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण छिटो फैलिन सक्ने खतरालाई मध्यनजर गरी हामी सबैले सजगता अपनाउनु पर्ने गम्भीर आवश्यकता देखिन्छ ।

त्यसैले संक्रमण देखिनुभन्दा अघि नै हामी सबै नागरिकले सजगता अपनाउने हो भने धेरै हदसम्म न्यूनीकरण हुने सम्भावना पनि रहन्छ । उक्त संक्रमण बढी भीडभाड हुने ठाउँमा छिटो फैलिने सम्भावना भएकाले संघीय सरकारले जारी गरेको सूचनालाई आधार मान्दै सकेसम्म बढी सचेतना अपनाउनु हुन हार्दिक अपिल गर्दछु ।

काठमाडौं महानगरपालिका सांस्कृतिक सहर भएका कारण यहाँका मौलिक परम्परा, संस्कृति र सम्पदाको जगेर्ना गर्नुपर्ने पनि उत्तिकै दायित्व छ । विभिन्न समयमा यहाँ मनाइने जात्रापर्वको पनि विशिष्ट महत्व रहिआएको छ । यहाँका मूर्त अमूर्त सम्पदाको संरक्षण र सम्बद्र्धन गर्नु पनि उत्तिकै महत्व छ । अहिले नजिक आइरहेका पाहाँचःहे, घोडेजात्रा, सेतो मछिन्द्रनाथको रथयात्रा लगायतका जात्रा पर्वहरू निकै ठूलो जनसहभागितामा मनाउने परम्परा रहिआएको छ । तर अहिले विषम परिस्थितिमा यसरी भीडभाडकासाथ मनाउने अवस्था नरहेकाले आफ्नो मौलिक, कला, संस्कृति र परम्पराको बिधिलाई यथावत राख्दै भीडभाडमा भने ती जात्रापर्व नमनाउन हुन पनि हार्दिक अपिल गर्दछु ।

त्यति मात्र होइन, यहाँ विभिन्न धर्म, संस्कृति मान्ने समुदायको पनि बाहुल्यता रहेको छ । मठ, मन्दिर, मस्जिद, गुम्बा, चैत्य, चर्च जस्ता धार्मिकस्थलमा गएर आआफ्नो परम्परा अनुसार जमघट गर्ने चलन पनि रहिआएको छ । तर यस्तो अवस्थामा ती धार्मिकस्थलहरूमा धेरै भीडभाड हुँदा संक्रमण सर्न सक्ने सम्भाव्यतालाई मध्यनजर गर्दै ती स्थानहरूमा समेत भीडभाड नगरीदिन हार्दिक अपिल गर्दछु ।
साथै सार्वजनिक भोज, भतेर, पूजाआजा जस्ता संस्कारजन्य कार्यक्रम पनि भीडभाडकासाथ नमनाइदिनु हुन र त्यस्ता कार्यक्रममा सहभागी नभइदिन पनि अपिल गर्दछु ।