१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

उपत्यकाका विभिन्न स्थानमा हात धुने व्यवस्था

उपत्यकाका विभिन्न स्थानमा हात धुने व्यवस्था
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्ने जोखिमलाई ध्यान दिएर उपत्यकाका विभिन्न स्थानमा हात धुने व्यवस्था मिलाइएको छ ।

विभिन्न संघसंस्था, कर्पोरेट कम्पनी लगायतले ठाउँठाउँमा हात धुने व्यवस्था गरेका हुन् । कोरोना भाइरसको संक्रमणबाट जोगिन हात धुनु सबैभन्दा उत्तम उपाय भएकोले ठाउँठाउँमा हात धुने पानी र साबुनको व्यवस्था गरिएको हो । चन्द्रागिरी नगरपालिकाले पनि उपत्यकाका विभिन्न स्थानमा हात धुने व्यवस्था मिलाएको छ । शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखाको कार्यलय अगाडि हात धुने व्यवस्था मिलाउँदै चन्द्रागिरी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष सन्तोष खड्काले कोरोना भाइरसको संक्रमणबाट बच्न मेसिन निर्माण गरी उपत्यकाका विभिन्न ठाउँमा राखिएको बताउनुभयो । नगरपालिकाको आफ्नै खर्चमा भिडभाड हुने स्थानहरुमा मेसिन राख्ने व्यवस्था मिलाएको उहाँले बताउनुभयो ।

ट्राफिक कार्यालय अगाडि बाटोमा हात धुने व्यवस्था गरिएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक भीमप्रसाद ढकालले हात धुँदै ट्राफिक कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई सहयोग पुगेको बताउनुभयो ।

उपत्यकाका विभिन्न स्थानमा हात धुने व्यवस्था भएपछि कोरोना भाइरसको सम्भावित संक्रमणको जोखमबाट जोगिन सहज हुने भएको छ । काठमाडौं उपत्यकाका मुख्य मुख्य स्थानमा अहिले हात धुने पानी र साबुनको व्यवस्था गरिएको छ ।