२४ असार २०८३, बुधबार
,
Latest
औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियलको सहज जित



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले सहज जित निकालेको छ ।

गएराति भएको खेलमा रियललले भ्यालेन्सियालाई ४–० गोलले हराएको हो । घरेलु टोलिको फराकिलो जितमा किलियन एम्बाप्पेले दुई गोल गरे भने जुड बेलिङहम र अल्भारो कारेरासले एक–एक गोल थपे ।

१९ औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमार्फत गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । ३१ औं मिनेटमा एम्बाप्पेले नै गोल गर्दै रियलको अग्रता दोब्बर पारे । यस्तै, ४४ औं मिनेटमा बेलिङहमले गोल गर्दै रियललाई ३–० ले अघि बढाए ।

८२ औं मिनेटमा अल्भारोले गोल गर्दै रियललाई ४–० को जित दिलाए । जितसँगै रियल ११ खेलबाट ३० अंकका साथ तालिकाको शिर्षस्थानमा यथावत छ । भ्यालेन्सिया ९ अंकका साथ १८ औं स्थानमा छ ।