ओखलढुङ्गा। एपोलो हाइड्रोको पाइपमा पहिरो क्षति पुर्याउँदा रु ३० लाखभन्दा बढीको क्षति भएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण आज केल्पु खोला माथिबाट आएको पहिरोले पाइपमा क्षति पुर्याएको हो ।
खिजीदेम्बा गाउँपालिका–७ र ८ को सिमानामा पर्ने केल्पु खोलाको बीचबाट एपोलो हाइड्रोको पाइप लगिएको छ । खोला माथिबाट आएको पहिरोले पाइप लाइनको ड्याम, फ्लटवाल, इन्टेक संरचना, दुई थान भल्बलगायत संरचनामा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रहरीका अनुसार उक्त पहिरोले एपोलो हाइड्रोको करिब रु ३० लाख १० हजार बराबर क्षति भएको छ । रासस










