१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी–त्रिशूली बाढीप्रति प्रतिनिधि सभाको बैठकमा विशेष प्रस्ताव जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक: सांसद कार्की विपद्मा नेतृत्वको काम उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु होः उपनेता पराजुली जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्छः प्रधानमन्त्री साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एपोलो हाइड्रोमा पहिरो जाँदा ३० लाख बढीको क्षति



अ+ अ-

ओखलढुङ्गा। एपोलो हाइड्रोको पाइपमा पहिरो क्षति पुर्‍याउँदा रु ३० लाखभन्दा बढीको क्षति भएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण आज केल्पु खोला माथिबाट आएको पहिरोले पाइपमा क्षति पुर्‍याएको हो ।

खिजीदेम्बा गाउँपालिका–७ र ८ को सिमानामा पर्ने केल्पु खोलाको बीचबाट एपोलो हाइड्रोको पाइप लगिएको छ । खोला माथिबाट आएको पहिरोले पाइप लाइनको ड्याम, फ्लटवाल, इन्टेक संरचना, दुई थान भल्बलगायत संरचनामा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रहरीका अनुसार उक्त पहिरोले एपोलो हाइड्रोको करिब रु ३० लाख १० हजार बराबर क्षति भएको छ । रासस