२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनलाइन भन्सार डाटाबेस प्रणाली शुभारम्भ



अ+ अ-

काठमाडौँ। वीरगञ्ज भन्सार कार्यालयबाट आज ‘अनलाइन भन्सार डाटाबेस प्रणाली’ (कस्टम्स भ्यालुएसन डाटाबेस सिस्टम) शुभारम्भ गरिएको छ ।

चालु आर्थिक वर्ष २०८२÷८३ को बजेट वक्तव्यमा उल्लेख भएबमोजिम प्रचलित सन्दर्भ मूल्यसूची विस्थापन हुनेगरी अनलाइन भन्सार डाटाबेस प्रणालीको आज अर्थमन्त्री रामेश्वरप्रसाद खनालले ‘डिजिटल’ माध्यमबाट शुभारम्भ गर्नुभयो ।

त्यस अवसरमा अर्थमन्त्री खनालले यो प्रणाली शुभारम्भपछि अर्थतन्त्रको महत्त्वपूर्ण खम्बाका रूपमा रहेको निजी क्षेत्रलाई सुरक्षा र सुशासनको प्रत्याभूतिसहित व्यवसाय सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले यसका अतिरिक्त अन्तरराष्ट्रिय व्यापारमा विश्व व्यापार सङ्गठनद्वारा अनुमोदित ‘ग्याट भेलुयसन प्रणाली’लाई नेपालको भन्सार ऐन, नियममा समेत स्विकारिएको सन्दर्भमा कारोबार मूल्यलाई मान्यता दिनेगरी सोको परीक्षणका लागि अनलाइन कस्टम डाटाबेस प्रणाली कार्यान्वयनमा ल्याइएको बताउनुभयो ।

अर्थमन्त्री खनालले भन्नुभयो,“यस प्रणालीको कार्यान्वयनले वैध व्यापारलाई प्रोत्साहन, मूल्यअभिवृद्धि करलगायत अन्य कर कार्यान्वयनमा सहायता पुग्ने छ । साथै अनौपचारिक कारोबारमा कमी आउने र उद्योग व्यवसाय फस्टाउने अपेक्षा राखेका छौँ ।”

कार्यक्रममा अर्थसचिव घनश्याम उपाध्याय, भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी, अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, राजस्व अनुसन्धान विभागका महानिर्देशक तीर्थ चिलुवाल, वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवाली, एसियाली विकास बैङ्कका भन्सार मूल्याङ्कन विज्ञ निर्मलहरि अधिकारी, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमलगायतको सहभागिता थियो । रासस