१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

उपराष्ट्रपतिका सहयोगीमा ‘कोरोना पोजेटिभ’ भेटियो

उपराष्ट्रपतिका सहयोगीमा ‘कोरोना पोजेटिभ’ भेटियो
अ अ+ अ-

काठमाडौं । कोरोनाभाइरसले विश्वकै सुरक्षित मध्येकोक एक अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसलाई छोडेन । यहाँका एक अधिकारीलाई कोरोनाभाइरस पोजेटिभ पाइएको छ ।

यसको खुलासापछि अमेरिकामा हल्लीखल्ली मच्चिएको छ । अब उनी ह्वाइट हाउसमा कस कससँग सम्पर्कमा आएका थिए भन्ने बारेमा जाँच सुरु भएको छ । यद्यपी राष्ट्रपति डोनाल्ड ट्रम्प र उप राष्ट्रपति माइक पेन्स उक्त व्यक्तिको सम्पर्कमा नआएको जानकारी प्राप्त भएको छ ।

उप राष्ट्रपतिका प्रेस सचिव केटी मिलरले भने, ‘आज साँझ हामीलाई बताइयो कि उपराष्ट्रपतिका एक कर्मचारीमा पोजेटिभ पाइएको छ ।’

अब सवास्थ्य विभागको निर्देशिका अनुसार उक्त व्यक्ति कस कससँग सम्पर्कमा आएका थिए भन्ने बारेमा पत्ता लगाउने प्रयास भइरहेको छ । अमेरिकामा यो भाइरसका कारण हालसम्म २३० व्यक्तिको ज्यान गइसकेको छ ।

ह्वाइट हाउसले आफ्नो परिसरमा प्रवेशका लागि कडा निर्देशिका जारी गरेको छ । राष्ट्रपतिका डाक्टर र सेक्रेट सर्भिसका एजेन्टले ती व्यक्तिको तापमानको परीक्षण गरिरहेका छन् जो ह्वाइट हाउसमा प्रवेश गर्न चाहन्छन् ।

ह्वाइट हाउसको प्रेश ब्रिफिङ कक्षमा पनि बसाई व्यवस्थापनलाई फेरिएको छ । उचित दुरी कायम गर्नका लागि यसो गरिएको हो ।

पीटीआईका अनुसार अमेरिकामा शुक्रबार सम्म कोरोनाभाइरसबाट २३० व्यक्तिको मृत्यु भइसकेको छ । यहाँ यसबाट संक्रमित हुनेको संख्या १८००० पुगेको छ । यहाँ ५० घन्टाको अवधिमा १०००० मानिस कोरोनाको पोजेटिभ पाइएका छन् ।