२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

छिट्टै विभिन्न पार्टीसँग एकता गर्ने माओवादी केन्द्रको निर्णय



अ+ अ-

काठमाडौँ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले अबको केही दिनभित्रमा  विभिन्न पार्टीसँग एकता गर्ने भएको छ ।

आज यहाँ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकले पार्टीको यही कात्तिक १७ गते हुने यसअघि कायम  केन्द्रीय समिति बैठकले पार्टी एकताबारे टुङ्गो लगाउने पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पार्टी एकता आजको बैठकको एजेन्डा थियो, एकताबारे वैचारिक, सैद्धान्तिक, राजनीतिक र नीतिगत विषयमा करिब करिब सहमति भइसकेको छ। आज खासगरी प्राविधिक र सङ्गठनात्मक विषयमा छलफल केन्द्रित भएको छ ।”

प्रवक्ता सापकोटाका अनुसार नेकपा (एकीकृत समाजवादी), महेन्द्र राय यादव नेतृत्वको जनता समाजवादी पार्टी, एमालेमा विद्रोह गर्नुभएका नेता प्रेमबहादुर सिंह र राजु कार्की नेतृत्वको नेकपा (समाजवादी) र सुवाष काफ्ले नेतृत्वको जनसमाजवादीबीच एकता हुँदैछ ।

एकताबारे नेपाल कम्युनिष्ट पार्टीबाट विद्रोह गरेको चिरण सि नेतृत्वको समूहसँग पनि छलफल भइरहको उहाँले जानकारी दिनुभयो । “सबैसँग वाम एकता गर्ने हाम्रो जोड हो, तर एकता ढिलो गर्नुहुँदैन, एकता ढिलो गरियो भने राष्ट्रिय राजनीतिमा हाम्रो पहलकदमी कमजोर हुन्छ भन्ने आजको निष्कर्ष हो, नभए राष्ट्र झन् झन् अराजकतातिर गइरहेको छ । फागुन २१ गते सरकारले चुनावको घोषणा गरेको छ, यी अवस्थालाई मध्येनजर गर्दै एकतालाई अगाडि बढाउने भनिएको छ ।”

नेता जनार्दन शर्माले तत्काल एकता नगरी माओवादी केन्द्रलाई नै बलियो बनाउनुपर्ने बताउनुभयो । उहाँ आफू बोलेपछि बैठक छोडेर निस्किनुभएको थियो । वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एकताबारे शर्माको केही फरक मत रहेको तर उहाँ र एकीकृत समाजवादीमा फरक मत राखेका झलनाथ खनालसँग पनि छलफल गरेर अगाडि बढ्ने बताउनुभयो ।




भर्खरै