२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलिबाबाका संस्थापक ज्याक माले कोरोनासँग लड्न नेपाललाई सहयोग गर्ने



अ+ अ-


काठमाडौँ । चीनका खर्बपति तथा अलिबाबा नामक बहुराष्ट्रिय कम्पनीका संस्थापक ज्याक माले कोरोना भाइरससँग जुध्न नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराउने बताएका छन् ।
उनले नेपालसहित एसियाका ९ मुलुकलाई कोरोना भाइरसविरुद्ध लड्न आवश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरु उपलब्ध गराउने जानकारी दिएका हुन् । उनले शनिबार ट्वीटरमार्फत यो सहयोगको घोषणा गरेका हुन्। उनले यी देशलाई १८ लाख मास्क, २ लाख १० हजार टेस्ट किट, ३६ हजार सुरक्षित पोसाक र केही भेन्टिलेटर र थर्मोमिटर दिने बताएका हुन्।

तर उनको ट्वीटमा कुन मुलुकलाई कुन सामग्री कति परिमाणमा प्रदान गरिने भन्ने बारेमा भने उल्लेख गरिएको छैन । ज्याक माको स्वास्थ्य सामग्री प्राप्त गर्ने मुलुकहरु नेपाल, अफगानिस्तान, बङ्गलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, म्यान्मार, पाकिस्तान र श्रीलङ्का हुन् । यसअघि ज्याक माले आफ्नो फाउन्डेसन ज्याक मा फाउन्डेसन र कम्पनीको अलिबाबा फाउन्डेसनमार्फत अमेरिका, इटली र अफ्रिकी मुलुकमा स्वास्थ्य सामग्री प्रदान गरिसकेका छन् ।