१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

कोरोनाको त्रासबीच भाइरल बनेका फेक न्यूज

कोरोनाको त्रासबीच भाइरल बनेका फेक न्यूज
अ अ+ अ-

विश्वभर नै अहिले कोरोना भाइरस अर्थात् कोभिड–१९ को त्रासदी छ । चीनको उहानबाट गत डिसेम्बरमै शुरु भएको मानिएको यो भाइरस अहिले विश्वभर फैलिएको छ, र विश्व स्वास्थ्य संगठनले यसलाई “महामारी” को संज्ञा दिइसकेको छ । हुन पनि कोरोनाबाट चीन सहित युरोपेली मुलुकहरु इटाली, स्पेन, फ्रान्स, मध्यपूर्वको इरान तथा संयुक्तराज्य अमेरिकामा यसले २०७६ चैत ८ गतेसम्म ११ हजारभन्दा बढीको ज्यान लिइसकेको छ । यो भाइरस मुख्यतः श्वासप्रश्वासबाट सर्ने भएकाले पनि यसको संक्रमण दर बढी देखिएको छ ।

विश्वलाई नै आतंकित बनाइसकेको यस भाइरसलाई निको पार्ने औषधि अझै पत्ता लागेको छैन । त्यही कारण आआफ्ना मुलुकमा भाइरस फैलिन नदिनु नै सबै सरकारहरुको पहिलो प्राथमिकतामा परेको छ । तर कसरी ? चीनले हुबे प्रान्तलाई झण्डै तीन महिना पूरै चीन र विश्वबाट अलग्ग गरेर भाइरसको प्रसार रोकेर नाटकीय सफलता हासिल गरेको छ, यद्यपी हुबेमा झण्डै ३ हजार २०० जनाको ज्यान गएको थियो । शुरुमा युरोपेली मुलुकहरु र अमेरिकाले यो भाइरसको प्रसारमाथि खासै ध्यान दिएका थिएनन् । भाइरसका कारण ठूलो संख्यामा मानिस मर्न थालेपछि युरोप र अमेरिकामा भाइरस प्रसार रोक्ने उपायको खोजी भएको छ । आखिर उही चिनियाँ तरिकालाई अहिले रामवाणका रुपमा लिइएको छ अर्थात् पूरै क्षेत्र वा देशलाई लकडाउन गर्ने ।

लकडाउन के हो ?

कोरोनाभाइरसको प्रसार रोक्ने एकमात्र उपाय लकडाउन नै देखिएको छ । लकडाउन हुँदा आमजनतालाई घरभित्रै कम्तीमा १४ दिन राखिन्छ, बाहिर निस्कन दिइन्न । एक अर्का व्यक्तिबीचको दूरी एकदेखि तीन मिटरसम्म राख्न सल्लाह दिइन्छ । मानिसहरु भिडभाड हुने रेस्टुराँ, ठूला मल, सिनेमा घर, समुद्री तट, मनोरंजन पार्क तथा स्कुल कलेजहरु बन्द गरिन्छन् । अहिले युरोपका सबैजसो मुलुक र अधिकांश अमेरिकी ठूला एवं जनघनत्व बढी भएका राज्यहरुले यही लकडाउन विधि अपनाएका छन् ।

नेपालमा सचेतनाका उपाय

नेपालमा कोरोनाभाइरसको संक्रमण देखिएको छैन । नेपालमा सबैभन्दा डरलाग्दो परिस्थिति भारतबाट सिर्जना हुने हो कि भन्ने मात्र हो । सरकारले अन्तर्राष्ट्रिय उडान एक साताका लागि बन्द गर्ने घोषणा नै गरेको छ भने भाइरस प्रभावित मुलुकका नागरिकको निर्वाध हवाई आगमन रोकेको छ । यी केही उपाय हुन् । आमजनतालाई आश्वस्त बनाउन सरकारले सामयिक निर्णयहरु गर्दै गएको पनि छ । भाइरसको आम परीक्षण नै नगरिएका कारण नेपालमा कोरोना छैन भनेर कसरी मान्ने भन्ने एक थरिको भनाई पनि छ, तर शंकास्पद मानिसको परीक्षण गर्दा कोरोना नपाइनु नेपालका लागि सुखद समाचार नै हो ।

फेक न्यूज, फेक सन्देश

अहिले नेपाली समाज पनि कोरोनाभाइरसका कारण तनाबकै स्थितिमा छ । स्कुल कलेजहरु बन्द छन् । मानिसहरुलाई अति आवश्यक काम पर्दाबाहेक घर बाहिर ननिस्कन सल्लाह दिइएको छ । भाइरसको संक्रमण तिब्र हुने भएकाले एक व्यक्तिमा मात्र यो देखिए पनि परिस्थिति थप जटिल बन्ने निश्चित छ । यस्तै अवस्थामा रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरले थापाथलीको नर्भिक अस्पतालमा कोरोनाका कारण ६ जनाको मृत्यु भएको भन्दै अडियो सन्देश प्रवाह गरे । नर्भिक अस्पतालले कुनै पनि कोरोना संक्रमित व्यक्ति अस्पतालमा भर्ना नै नभएको स्पष्ट गरेको छ । समाजमा भ्रम र अफवाह फैल्याउने थापालाई प्रहरीले पक्राउ गरेको छ ।

गलत र मनगढन्ते सामग्री बनाएर सामाजिक संजालमा पोष्ट गर्नेहरु थुप्रै होलान् । केही दिन अघिदेखि एक व्यक्तिले रुमाल हल्लाएर विभिन्न रोगको उपचार गरेको भिडियो पनि भाइरल भइरहेकै छ । अझ, निकै ख्यातिप्राप्त चिकित्सक डा सुन्दरमणी दीक्षितले बिरामीको प्याथोलोजी जाँच नगरिएको भन्दै नेपालमा कोरोना भित्रिइसकेको दाबी गरे । यसको सत्यता अझै पनि पुष्टी हुन सकेको छैन । राजधानीमा राति नेपाली सेनाको हेलिकप्टरबाट विषादी छर्न लागिएको छ भन्दै अर्को अडियो पनि सामाजिक संजालमा भाइरल भएको छ, तर सेनाले यस सन्देशको खण्डन गरिसकेको छ ।

फेसबुक, युट्युब, ट्वीटरमा भाइरल भइरहेका यी सन्देशहरु अखबारका पानामा वा रेडियो, टिभी समेतका जिम्मेवार अनलाइनमा देखिएका छैनन् । यी अन्त कतैबाट पोष्ट भएका छन् ।

केही ट्वीटमा व्यक्त विचार

खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँले ट्वीटमा लेख्छन् – तथ्य परीक्षण बिना समाचार नबनाउने र विशेषज्ञको धारणा समावेश नगरी विचार दिँदै नदिने हो भने हामी पत्रकार ठूला गल्तीबाट जोगिन सक्छौं । कुनै पनि सन्देश सोचेर मात्रै सेयर गरौं, फेक न्यूजबाट बचौं र बचाऊँ ।

पूर्व सचिव मधुरमण आचार्य
कोरोनाबाट हुने मृत्युहरु त छँदैछ । यसबाट विश्व आर्थिक र सामाजिक व्यवस्थामा पनि ठूलो उथलपुथल हुनसक्ने देखियो । आशा गरौं यो छिटै हट्ने छ ।

डा रामेश कोइराला
पुलिसलाई नै गुहार गर्ने गरी कोरोनाबारे के भ्रम फैलाइएछ भनेर आफ्ना ट्वीट हेरियो । दुईवटा कुरामा शंका लाग्यो – हाम्रा अस्पतालले महामारी फैलिए धान्न सक्दैन र छिर्नै नदिन भारतीय नाका पुरै बन्द गर्नुपर्छ । हाम्रा अस्पताल कस्ता छन् नजान्नु भा हो वा सीमा बन्द गर्न नसकेको पीडा हो, अहँ बुझिएन ।

टीकाराम यात्री
दर्ता नभई चलेका, अफवाह र अतिरञ्जना फैलाउने अनलाइन, युट्युब नियमन कि नियन्त्रण?

गजेन्द्र बुढाथोकी
हेलिकप्टरबाट विषादी छर्कने कुरा असत्यः नेपाली सेना ।

विनम्र @ibnamra
अब ट्वीटरबाट भ्रम फैलाउने अभियन्ता @kpkhanal1 र टिकटक मार्फत भ्रम फैलाउने नयनराज पाण्डे पनि पक्राउ परुन् ।

सामाजिक संजाल वास्तवमै पूरै खराब हो भन्ने आधार छैन । यसभित्र धेरै जानकारी, सूचना र निजी विचार प्रवाह हुने गरेको छ । यही कारण विश्वका के राष्ट्राध्यक्ष, सरकार प्रमुख, के धनी के गरिब सबैजसो व्यक्तिले सामाजिक संजाल प्रयोग गरिरहेका छन् । यति मात्र हो, यसले फैल्याउन सक्ने अफवाह र भ्रमबाट सदैब सतर्क रहनु पर्दछ ।