२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि कृषक चिन्तित

पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि कृषक चिन्तित
अ अ+ अ-

खोटाङ । पाकेर थन्क्याउन लागिएको धानबालीमा अविरल वर्षाले क्षति गरेपछि जिल्लाका कृषकहरू चिन्तित भएका छन् । तीन दिनदेखि लगातार परिरहेको अविरल वर्षाले जिल्लाका दशवटै स्थानीय तहमा पाकेर थन्क्याउन लागिएको धानबालीमा क्षति गरेपछि कृषकहरू चिन्तित भएका हुन् ।

पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि आफूहरू भोकमरीमा पर्ने अवस्था आएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका कृषक चेतनाथ आचार्यले बताउनुभयो । “मैले यस वर्ष ३५ रोपनी खेतमा धानबाली लगाएको थिएँ । पाक्न लागेको अवस्थामा सबै ढलेर सोतर भएको छ”, उहाँले भन्नुभयो, “प्रमुख बालीको रूपमा लगाउँदै आएको धान सबै ढलेर सोतर भएपछि भोकमरीमा पर्ने निश्चित भएको छ । यसप्रति सरकारले ध्यान दिन जरुरी छ ।”

कृषकले लगाएको धानबाली पाकेर पहँेलपुर भएपछि थन्क्याउन लागिएको अवस्थामा अविरल वर्षाले क्षति गरेको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख विशाल मोदीले जानकारी दिनुभयो । “यस वर्ष रोपाइँ गर्नका लागि समयमा वर्षा भएको थियो । समयमै रोपाइँ भएकाले उत्पादन पनि वृद्धि हुने अनमान गरिएको थियो । तर, केही दिनदेखि परेको अविरल वर्षाले ठूलो क्षति गरेको छ”, उहाँले भन्नुभयो, “क्षतिको विवरण जुटाउने काम भइरहेको छ । अहिले नै यति क्षति भयो भन्न सकिने अवस्था छैन ।”

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा नौँ हजार ९८८ दशमलव ०३ हेक्टर जमिनमा धानखेती गर्ने गरिएको छ । विभिन्न प्रजातिका धान खेती हुँदै आएको जिल्लामा यस वर्ष २५ हजार ६४९ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको थियो । तर, पाकेर थन्क्याउन लागिएको अवस्थामा लगातारको वर्षाले धानबालीमा ठूलो क्षति गरेपछि उत्पादनमा गिरावट आउने निश्चित भएको कृषकहरूले बताएका छन् ।

जिल्लाका अधिकांश कृषकले पाकेर पहेँलपुर भएको धानबाली थन्क्याउनका लागि ढालेर खेतमै सुकाएका थिए । वर्षभरि उपभोग गर्नका लागि थन्क्याउन ढालेर खेतको आँठामा सुकाइएको धानको पाँजा लगातारको वर्षाले डुबाएको कृषकहरूले जनाएका छन् ।

लगातारको वर्षाले धानबालीमा ठूलो क्षति गरे पनि गहुँ, फलफूल, सागसब्जीलगायतका हिउँदेबालीलाई केही राहत मिलेको कृषकहरूले बताएका छन् । यद्यपि, धानबाली जिल्लाको प्रमुख बाली भएकाले अविरल वर्षाका कारण धानबालीमा ठूलो क्षति हुँदा यस वर्ष जिल्लामा भोकमरी हुने निश्चित भएको बताइएको छ । रासस