२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा १४ घण्टे नागरिक कर्फ्यु शुरू, भारतभर ३३२ जना काेराेना संक्रमित



अ+ अ-

नयाँदिल्ली

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे आह्वानमा आइतबार बिहान ७ बजेदेखि १४ घण्टे नागरिक कर्फ्यु शुरू भएकाे छ । याे कर्फ्यु साँझ ९ बजेसम्म रहनेछ । भारतमा पनि काेराेनाभाइरसकाे संक्रमण बिस्तारै फैलिन थालेपछि भारत सरकारले यस्ताे निर्णय गरेकाे हाे । भारतमा पछिल्लाे तथ्याँक अनुसार काेराेना संक्रमित ५ जनाकाे मृत्यु भएकाे छ भने अरू ३३२ जनामा संक्रमण देखिएकाे छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी भारतीय औषधि निर्माता कम्पनीका पदाधिकारसँग छलफल गर्दै । तस्वीरः एएनआइ

माेदीले गत साता राष्ट्रका नाममा सम्बाेधन गर्दै आइतबार दिनभर घरभित्रै बसेर सहयाेग गर्न आह्वान गर्नु भएकाे थियाे । काेराेनाकाे महामारी नियन्त्रण गर्न याे एक किसिमकाे परीक्षण पनि हुने उहाँले बताउनु भएकाे थियाे ।

विज्ञहरूले शुरूवाती दिनहरूमा भारतमा जस्तै अरू देशमा पनि काेराेना भाइरस बिस्तारै फैलिए पनि पछि व्यापक स्तरमा फैलिएकाे बताएका छन् । भारतका विभिन्न राज्यमा लकडाउनकाे अवस्था छ भने हवाइ उडानमा प्रतिबन्धहरू लगाइएका छन् । स्कुल कलेजहरू बन्द गरिएका छन्, र ठूलाे संख्यामा मानिसहरू भेला हुन निषेध गरिएकाे छ । धार्मिक सभा समाराेह बन्द गर्नुका साथै ठूलाे संख्यामा भक्तजन भेला हुने मन्दिर, मस्जिद बन्द गरिएका छन् ।

मानिसहरूकाे बढी भिडभाड हुने रेल र बस स्टेशनमा कडाइ गरिएकाे छ, तर मुख्य शहर बजारबाट गाउँतर्फ जान चाहने मानिसहरूकाे भिड रेल स्टेशनहरूमा देखिएकाे छ ।