१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

सांसद दिपेन्द्र श्रेष्ठको टोलीबाट काठमाडौं १ का अस्पतालहरुको अनुगमन

सांसद दिपेन्द्र श्रेष्ठको टोलीबाट काठमाडौं १ का अस्पतालहरुको अनुगमन
अ अ+ अ-

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं १ बाट बागमती प्रदेशका सांसद एवम् नेपाली काँग्रेसका युवा नेता दिपेन्द्र श्रेष्ठको नेतृत्वमा काठमाडौं निर्वाचन क्षेत्र नं १ अन्तर्गत रहेका सरकारी र नीजि अस्पतालको अनुगमन गर्दै त्यहाँ कोरोनाको विरामीका लागि गरिएको व्यवस्थाबारे स्थलगत जानकारी लियो ।

सांसद श्रेष्ठसंग अर्का प्रदेश सभा सांसद राजेन्द्र गुरुङ्ग, नेपाल तरुण दल निर्वाचन क्षेत्र नं १ का अध्यक्ष दिलिप थापा, महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मी, सामुदायीक सेवा केन्द्र नयाँबानेश्वरका महासचिव अशोक कार्की, व्याडमिण्टन खेलका अन्तर्राष्ट्रिय एम्पायर दिपक थापालगायत त्यस भेगका सामाजिक संघसंस्था र क्लवका प्रतिनिधिहरुको सहभागिता थियो ।

टोलीले मिनभवनस्थित सिभिल अस्पताल, मध्य बानेश्वरस्थित भेनस र भरोसा अस्पतालको पनि अनुगमन गर्दै त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएको थियो ।
टोलीले ती तीनैवटा अस्पतालमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण भएका विरामी उपचारको लागि आएमा उनीहरुलाई राख्ने क्वारेन्टाइन र उपचारको लागि छुट्याइएको आइसोलेसन वार्डको बारेमा स्थलगत जानकारी लिएको थियो ।

टोलीले कोरोनाको शंकास्पद विरामीको पहिचान, उपचार र उपचारमा संलग्न रहेका स्वास्थयकर्मीहरुको बारेमा पनि जानकारी लिँदै आफ्नो तर्फबाट केही सहयोग चाहिएमा आफुहरु सहयोग गर्न तयार रहेको प्रतिवद्धता गरेको थियो ।

सांसदसहितको टोलीलाई सिभिल अस्पतालका कार्यकारी निर्देशक डा.दीर्घराज आरसीले अस्पतालमा आइसोलेसन वार्ड र उपचारको लागि खटिएका स्वास्थ्यकर्मीको अवस्थाबारे जानकारी गराउँदै शुक्रबारदेखि अस्पतालको वहिरंग सेवा बन्द गरेर इमर्जेन्सीमा ३ वटा र अन्तरगंमा २ वटा गरि ५ वटा आइसोलेसन रुमको व्यवस्था गरेको जानकारी दिए । अस्पतालमा कोरोना भाइरस जाँचने किट नभएको, तत्कालका लागि अस्पतालको आफ्नै खर्चमा पञ्जा र मास्क खरीद गरिएको पनि बताए ।

त्यस अवसरमा अस्पतालका छाती तथा दमरोग विशेषज्ञ डा.विदेश विष्ट, अस्पतालको प्रशासन प्रमुख रञ्जना नेपाल, इन्फेक्सन प्रिभेन्सन नर्स ज्वाला ढकाल, नर्सिङ्ग सुपरभाइजर यमुना पौडेललगायतले अस्पतालले कोरोनाको विरामीको लागि व्यवस्था गरिएका उपचार व्यवस्थाबारे जानकराी गराएका थिए ।