२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको बिहारमा पनि देखियो कोरोना, एकको मृत्यु



अ+ अ-


काठमाडौं । भारतको बिहार प्रान्तमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ । आइतबार सो भाइरसका कारण एकजनाको ज्यान गएको भारतीय अधिकारीले जनाएका छन् ।
बिहारको पटना सहरको एक्स अस्पतालमा एक ३८ वर्षीय पुरुषको ज्यान गएको हो । कतारबाट फर्किएका उनी सैफ अली नाम गरेका व्यक्ति हुन् ।


उनको शनिबार बिहान मृत्यु भएको ती अधिकारीले बताए । बिहीबारमात्र स्पताल भर्ना भएका उनलाई उनमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो । बिहार नेपालसँग सीमा जोडिएको प्रान्त हो ।
यससँगै भारतमा कोरोना भाइरसबाट मर्नेको संख्या पनि ६ पुगेको छ । बिहारका दोस्रो संक्रमित पनि अहिले आइसोलेसन वार्डमा छन् । उनी भने स्कटल्याण्डबाट हालै भारत फर्किएका थिए ।