१३ भाद्र २०८३, शनिबार
,
Latest
शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा फोहर संकटः घरमै फोहर सुरक्षित राख्न महानगरको आग्रह



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहरमैला घरमै सुरक्षित रूपमा राख्न आग्रह गरेको छ ।

काठमाडौं उपत्यकाको मुख्य फोहर बिसर्जनस्थल बन्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयवासीले अवरोध गरेपछि फोहर व्यवस्थापन ठप्प भएको हो ।

महानगरको वातावरण व्यवस्थापन विभागले आज सूचना जारी गर्दै अवरोधका कारण फोहर बिसर्जन गर्न नसकिएकोले अर्को सूचना नआएसम्म घर वा कम्पाउण्डभित्र फोहर सुरक्षित रूपमा राख्न अनुरोध गरेको छ ।

महानगरले सडक तथा सार्वजनिक स्थानमा जथाभावी फोहर नफाल्न पनि आग्रह गरेको छ ।

यसअघि बन्चरेडाँडाका स्थानीयवासीले विभिन्न माग राख्दै फोहर बोक्ने गाडी बीच बाटोमै रोकेका थिए । त्यसपछि उपत्यकामा पुनः फोहर संकट सिर्जना भएको छ ।

स्थानीयवासीले सरोकारवाला मन्त्री र काठमाडौंका मेयर बालेन शाह स्वयं आएर वार्ता गर्नुपर्ने माग गरेका छन् ।