२१ भाद्र २०८३, आईतवार
,
Latest
बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपाधि दौडमा रहेका लिभरपुल र चेल्सी बराबरीमा रोकिए



अ+ अ-

इङलिस प्रिमियर लिगको उपाधि दौडमा रहेका लिभरपुल र चेल्सीबीच गएराति भएको खेल बराबरीमा टुङ्गिएको छ । खेलको पहिलो हाफमा दुबै टिमबाट २–२ गोल भएसँगै दुबै टिम अंक बाँड्न बाध्य भए ।

यस बराबरीसँगै लिभरपुलले २० खेलबाट ४२ अंक बनाएको छ भने २१ खेल खेलेको चेल्सीको ४३ अंक छ । लिगको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले भने २१ खेलबाट ५३ अंक जोडेको छ । अर्थात् अहिले दोस्रो स्थानमा रहेको चेल्सीभन्दा सिटीको अग्रता १० अंक भइसकेको छ ।

स्टाम्फोर्ड ब्रिज रंगशालामा करिब ४० हजार दर्शकबीच भएको खेलमा लिभरपुलले साडियो मानेको गोलबाट खेलको नवौं मिनेटमै अग्रता बनाएको थियो । फेरि २६औं मिनेटमा लिभरपुलकै मोहम्मद सलाहले टिमका लागि दोस्रो गोल गरेका थिए ।

तर त्यसपछि चेल्सी खेलमा फर्किएको थियो । चेल्सीका लागि ४२औं मिनेटमा म्याटिओ कोभासिकले पहिलो तथा पहिलो हाफको इन्जुरी समय अर्थात् ४६औं मिनेटमा क्रिस्टियन पुलिसिकले बराबरी गोल गरेका थिए ।