• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ: प्रधानमन्त्री ★   नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ★   रोहितले द्रविडलाई भनेका थिए – कोचिङ जारी राख्नुहोस् ★   संसदमा साङ्केतिक भाषाको दोभासे राख्न माग ★   आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो ★   प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल ★   विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक ★   सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी ★   मनाङको बाटो सधैँ जोखिमपूर्ण ★   प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ

उपाधि दौडमा रहेका लिभरपुल र चेल्सी बराबरीमा रोकिए



इङलिस प्रिमियर लिगको उपाधि दौडमा रहेका लिभरपुल र चेल्सीबीच गएराति भएको खेल बराबरीमा टुङ्गिएको छ । खेलको पहिलो हाफमा दुबै टिमबाट २–२ गोल भएसँगै दुबै टिम अंक बाँड्न बाध्य भए ।

यस बराबरीसँगै लिभरपुलले २० खेलबाट ४२ अंक बनाएको छ भने २१ खेल खेलेको चेल्सीको ४३ अंक छ । लिगको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले भने २१ खेलबाट ५३ अंक जोडेको छ । अर्थात् अहिले दोस्रो स्थानमा रहेको चेल्सीभन्दा सिटीको अग्रता १० अंक भइसकेको छ ।

स्टाम्फोर्ड ब्रिज रंगशालामा करिब ४० हजार दर्शकबीच भएको खेलमा लिभरपुलले साडियो मानेको गोलबाट खेलको नवौं मिनेटमै अग्रता बनाएको थियो । फेरि २६औं मिनेटमा लिभरपुलकै मोहम्मद सलाहले टिमका लागि दोस्रो गोल गरेका थिए ।

तर त्यसपछि चेल्सी खेलमा फर्किएको थियो । चेल्सीका लागि ४२औं मिनेटमा म्याटिओ कोभासिकले पहिलो तथा पहिलो हाफको इन्जुरी समय अर्थात् ४६औं मिनेटमा क्रिस्टियन पुलिसिकले बराबरी गोल गरेका थिए ।