१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

माथिल्लो तामाकोशीमा परेन कोरोनाको प्रभाव

माथिल्लो तामाकोशीमा परेन कोरोनाको प्रभाव
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) ले विश्वलाई आक्रान्त बनाएपनि माथिल्लो तामाकोशी आयोजना निर्माणमा भने यसको असर देखिएको छैन् ।

आगामी असार मसान्तमा सम्पूर्ण परीक्षणको काम सक्ने तयारीका साथ राष्ट्रिय गौरबको आयोजना माथिल्लो तामाकोशीको काम अघि बढिरहेको छ । आयोजनामा चिनियाँ ठेकेदारहरु र कामदार कार्यरत रहेपनि काममा कुनै समस्या नआएको आयोजनाले जनाएको छ । आयोजना प्रमुख विज्ञान श्रेष्ठले चिनियाँ ठेकेदारका कारण कुनै समस्या नदेखिएको बताउनुभयो । चीनबाट फर्केकाहरुलाई १५ दिन क्वारेन्टाइनमा राखेपछि मात्रै काममा संलग्न गराइएको उल्लेख गर्दै उहाँले आयोजनाको काम तिव्र गतिमा अगाडी बढिरहेको बताउनुभयो । उहाले भन्नुभयो, ‘चीनबाट फर्केकाहरुलाई १५ दिन क्वारेन्टाइनमा राखेर काममा फर्काइएको छ । थोरै समस्या कन्सल्ट्याण्टहरुबाट भएको छ । युरोपमा कोरोनाको प्रभाव बढी छ अहिले अनलाईनबाट भएपनि उहाँहरुले काम गरिरनुभएको छ । त्यो वातावरण मिलाएका छौँ ।’

आयोजना अनुगमनका लागि आइतबार निर्माणस्थलमा पुग्नुभएका उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले माथिल्लो तामाकोशीको काम सन्तोषजनक ढंगले अगाडी बढिरहेको बताउनुभएको छ । आयोजनाको स्थलगत निरीक्षणपछि मन्त्री पुनले निर्धारित समयमै सम्पन्न गर्नेगरी काम अघि बढेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘निर्धारित समयमै पुरा गर्ने संकल्पका साथ काम भक्ष्रहेको छ । आज (आइतरबार) हामीले ड्यामको परीक्षण भइरहेको छ । र सफल देखिएको छ ।’ मन्त्री पुनले आगामी वर्षबाट विद्युत उत्पादन मात्रै नभएर विद्युत निर्यात गर्ने अवस्थमा पुगिने बताउनुभयो । उर्जा मन्त्रालय मात्रै नभएर सिंगो सरकार आयोजना समयमै सम्पन्न गर्ने लक्ष्यका साथ अगाडी बढिरहेको उल्लेख गर्दै उहाँले जनताको समेत लगानी भएकाले निर्धारित समयमै सम्पन्न गर्नुपर्ने जिम्मेवारी रहेको बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अहिलेसम्म गरिएका सबै परीक्षणहरु सफल भएको बताउनुभएको छ । ड्यामको परीक्षण सकिएपछि केही मर्मत गर्नुपर्ने अवस्थामा पानी फालेर मर्मत गरिने उहाँले बताउनुभयो । असार मसान्तसम्म काम सक्ने लक्ष्य लिइएको उहाँले बताउनुभयो ।

राष्ट्रिय गौरबको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उत्पादन क्षमता ४ सय ५६ मेगावाट हो । नेपाली लगानी र नेपाली प्रविधिबाट बनिरहेको बहुप्रतिक्षित आयोजनाको काम केही समय भूकम्पका कारण पर धकेलिएको थियो । पछिल्लो समयमा भारतीय कम्पनी टेक्सम्या एण्ड इन्जिनियरिङका कारण काममा ढिलाई भएको हो । हाइड्रोमेकानिकल वक््रसको जिममा लिएको टेक्सम्याले सन्तोषजनक काम गर्न सकेन् । केही समय डिजाईन परिवर्तन गरेका कारण पनि निर्माणमा ढिलाइ भएको थियो । आर्थिक वर्ष २०७३÷०७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएपनि भूकम्प र नाकाबन्दीका कारण ढिला भएको आयोजना २०७५ असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । सो समयमा पनि निर्माण सम्पन्न हुन सकेन् । विभिन्न युनिटमा काम भइरहेको आयोजनाको असार मसान्तमा एक युनिटको मात्रै काम सम्पन्न गरेर भएपनि परीक्षण गर्ने लक्ष्य लिइएको छ । आइतबार उर्जामन्त्री पुन, प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङ, योजना आयोगका उपाध्यक्ष लगायत अन्य सरकारी अधिकारीहरुले आयोजनाको निरीक्षण गर्नुभएको हो ।