२८ भाद्र २०८३, आईतवार
,
Latest
अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरमा प्रशासनले लगायो अनिश्चितकालीन ‘कर्फ्यू’



अ+ अ-

कञ्चनपुर । कोरोनाभाइरस संक्रमण भित्रन नदिन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाभर अनिश्चितकालीन ‘कर्फ्यू’ लगाएको छ। प्रशासन कार्यालयले आइतबार राति १२ बजेदेखि कर्फ्यू लगाउने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले कोरोना भाइरस भित्रन नदिन सतर्कताका लागि कर्फ्यू लगाउने निर्णय गरेका हौं। कर्फ्यू भन्ने शब्द उल्लेख नगरे पनि व्यवहारमा भने कर्फ्यू हो,’ उनले भने।

प्रजिअ खतिवडाका अनुसार कर्फ्यु कहिलेसम्म भन्ने निश्चित समय तोकिएको छैन। सुरक्षा समितिको आइतबारको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको हो।

बैठकले भारतसँगको गड्डाचौकी नाका पनि मंगलबार बिहान ७ बजेदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको हो।