२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरमा प्रशासनले लगायो अनिश्चितकालीन ‘कर्फ्यू’



अ+ अ-

कञ्चनपुर । कोरोनाभाइरस संक्रमण भित्रन नदिन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाभर अनिश्चितकालीन ‘कर्फ्यू’ लगाएको छ। प्रशासन कार्यालयले आइतबार राति १२ बजेदेखि कर्फ्यू लगाउने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले कोरोना भाइरस भित्रन नदिन सतर्कताका लागि कर्फ्यू लगाउने निर्णय गरेका हौं। कर्फ्यू भन्ने शब्द उल्लेख नगरे पनि व्यवहारमा भने कर्फ्यू हो,’ उनले भने।

प्रजिअ खतिवडाका अनुसार कर्फ्यु कहिलेसम्म भन्ने निश्चित समय तोकिएको छैन। सुरक्षा समितिको आइतबारको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको हो।

बैठकले भारतसँगको गड्डाचौकी नाका पनि मंगलबार बिहान ७ बजेदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको हो।