२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नगरकोटको पर्यटन क्षेत्र कोरोना भाइरस संक्रमणको जोखिम



अ+ अ-

काठमाडौं । समयमै सडक निर्माणको काम सम्पन्न नहुँदा थलिएको नगरकोटको पर्यटन क्षेत्र कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिमका कारण थप मारमा परेको छ ।

करिब १ सय ५० को संख्यामा रहेका होटल तथा रेष्टुरेन्टहरु कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँगै सुनसान बनेका छन् । अहिले नगरकोटमा जाने पर्यटक शुन्य जस्तै रहेको होटल व्यवसायीहरु बताउँछन् । होटल व्यवसायी दानबहादुर लामाले पर्यटकहरु नभएपछि व्यवसाय शुन्य भएको र आफुहरु समस्यामा परेको बताउनुभयो । उहाँले आफुहरु बैंकको किस्ता तिर्न समेत नसक्ने अवस्थामा पुगेको बताउनुभयो ।

पर्यटकहरु आउन नसक्ने स्थिति लामो समय रहे कर्मचारी कटौति गर्नुपर्ने अवस्था आउने होटल व्यवसायीहरु बताउँछन् । नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नविन गुरुङले अहिले सम्म कर्मचारी कटौति नगरिएको तर अझै केही समय यस्तो स्थिति रहे कर्मचारी कटौति गरी होटल बन्द गर्नुपर्ने अवस्था आउने बताउनुभयो ।

पर्यटक आउने क्रम ठप्प भएपछि आफुहरुलाई बैंकको किस्ता र ब्याज तिर्न समेत समस्या भएको गुनासो अध्यक्ष लामाले गर्नुभयो । उहाँले बैंकको किस्ता र ब्याज तिर्ने समय बढाउने व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।