१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

नगरकोटको पर्यटन क्षेत्र कोरोना भाइरस संक्रमणको जोखिम

नगरकोटको पर्यटन क्षेत्र कोरोना भाइरस संक्रमणको जोखिम
अ अ+ अ-

काठमाडौं । समयमै सडक निर्माणको काम सम्पन्न नहुँदा थलिएको नगरकोटको पर्यटन क्षेत्र कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिमका कारण थप मारमा परेको छ ।

करिब १ सय ५० को संख्यामा रहेका होटल तथा रेष्टुरेन्टहरु कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँगै सुनसान बनेका छन् । अहिले नगरकोटमा जाने पर्यटक शुन्य जस्तै रहेको होटल व्यवसायीहरु बताउँछन् । होटल व्यवसायी दानबहादुर लामाले पर्यटकहरु नभएपछि व्यवसाय शुन्य भएको र आफुहरु समस्यामा परेको बताउनुभयो । उहाँले आफुहरु बैंकको किस्ता तिर्न समेत नसक्ने अवस्थामा पुगेको बताउनुभयो ।

पर्यटकहरु आउन नसक्ने स्थिति लामो समय रहे कर्मचारी कटौति गर्नुपर्ने अवस्था आउने होटल व्यवसायीहरु बताउँछन् । नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नविन गुरुङले अहिले सम्म कर्मचारी कटौति नगरिएको तर अझै केही समय यस्तो स्थिति रहे कर्मचारी कटौति गरी होटल बन्द गर्नुपर्ने अवस्था आउने बताउनुभयो ।

पर्यटक आउने क्रम ठप्प भएपछि आफुहरुलाई बैंकको किस्ता र ब्याज तिर्न समेत समस्या भएको गुनासो अध्यक्ष लामाले गर्नुभयो । उहाँले बैंकको किस्ता र ब्याज तिर्ने समय बढाउने व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।