२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिनाथ मन्दिरमा एक पटकमा १० जनालाई मात्र प्रवेश



अ+ अ-

काठमाडाैं

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा एक पटकमा १० जना मात्रै भक्तजनलाई प्रवेश गर्न दिने निर्णय गरेको छ । पशुपति क्षेत्र विकासका कोषाध्यक्ष डा. मिलनकुमार थापाको अध्यक्षतामा आइतबार बसेको बैठकले १० जनाले दर्शन गरेपछि मात्रै थप १० जनालाई पालैपालो प्रवेश गर्न दिने निर्णय गरेको हो ।

त्यस्तै बिद्युतीय शवदाह गृहमा ७ जना भन्दा बढी मलामीलाई प्रवेश गर्न निषेध गरिएको छ । पशुपतिनाथको मन्दिरमा गरिने बिशेष पूजालाई अर्काे सूचना नभएसम्मका लागि स्थगन गरिएको पनि काेषकाे विज्ञप्तीमा उल्लेख छ ।

जल अभिषेक गर्दा र बेलुकाको आरतीमा बस्ने भक्तजनहरुलाई अर्को सूचना नभएसम्मका लागि उपस्थित नहुन सूचित गरिएको काेषले जनाएकाे छ ।