२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युयोर्कको अस्पतालमा एक नेपालीलाई कोरोना पुष्टि



अ+ अ-


काठमाडौं । न्युयोर्कको क्वीन्समा रहेको एल्महस्र्ट अस्पतालमा उपचारका क्रममा रहेका एकजना नेपालीलाई कोरोना संक्रमण पुष्टी भएको छ । एकसाता अगाडि ज्वरो आएपछि उनी सो अस्पतालमा गएका थिए । उनी ५० बर्षका छन् ।
प्रारम्भिक चेकअपपछि कोरोना संक्रमणको आशंकामा अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि पाँचदिन अगाडि आएको रिपोर्टमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । दुईदिनदेखि भने स्वास्थ्यस्थीति गम्भिर भएकाले भेन्टिलेटरमा राखिएको छ ।
न्युयोर्कको ज्याक्सनहाइट नजिकै बस्दै आएका ती व्यक्तिलाई अहिले परिवारका सदस्यहरुलाई पनि भेट्न दिइएको छैन । आफूहरुले डाक्टर र नर्ससँग कुराकानी गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको र अहिले स्वासप्रस्वासमा समस्या आएकाले भेन्टिलेटरमा राखिएको जानकारी पाएको उनका आफन्तले जनाएका छन् ।