२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीमा सयौँ नेपाली अलपत्र, दूताबास सम्पर्कमा आएन



अ+ अ-


नयाँदिल्ली । कोरोना भाइरसका कारण नेपालले भारतसँगको सीमा क्षेत्र बन्द गरेपछि कामका लागि दिल्ली पुगेका सयौँ नेपाली अलपत्र परेको खबर छ । आफ्नो जन्मथलो फर्केर आउने क्रममा भारतको राजधानी दिल्ली आइपुगेका सयौं नेपाली अलपत्र परेका हुन् ।

भारतभर आइतवार जनता कर्फ्यु थियो । जसका कारण सबै नागरिक घरमै बसेका थिए । तर नेपालस्थित जन्म घर जान दिल्ली आइपुगेका नेपाली त्यतिखेर झन विलखवन्धनमा परेका हुन् । पुरै दिल्लीलाई लकडाउनको घोषणा गरिएपछि उनीहरु खुल्ला सडकमा सुतेका बताइएको छ ।

कोरोनाको कहर बढ्दै जाँदा त्यहाँको राज्य सरकारले दिल्लीमा लकडाउन घोषणा गरेको हो। भारतभर आइतवार कुनै पनि सवारी साधन चलेनन्।

हवाइजहाज, ट्रेन, मेट्रो, सार्वजनिक सवारी साधान ठप्प रहे। रेल मन्त्रालयले सोमबारबाट रेल सेवा पनि बन्द गर्ने घोषणा गरेको छ।

सार्वजनिक सवारीको साधनबाट यात्रा गर्दा कोरोनाको विस्तार हुने सम्भावना पछि भारतभर सार्वजनिक सवारी खासगरि रेल सेवा बन्द हुने अवस्थामा पुगेको छ। कम्तिमा २ हप्ता यो अवस्था कायम हुने देखिएको छ।

भारत सरकारले लिएको यहि सतर्कता नेपाल आउन दिल्ली आइपुगेका नेपालीहरुका लागि समस्या भएको छ।

विभिन्न राज्यबाट दिल्ली आइ त्यहाँबाट नेपाल आउने तयारीमा रहेकाहरु दोहोरो मारमा परेका छन्। एकातिर दिल्लीमा लकडाउन छ भने त्यहाआट कुनै पनि सवारी साधन चल्ने अवस्था छैन।
दिल्ली पुगेका उनीहरुले नेपालको दूताबाससँग सम्पर्क गर्न खोजिरहेका छन् । तर पनि हिजोदेखि दूताबासका कोही पनि सम्पर्कमा नआएको गुनासो उनीहरुले गरिरहेका छन् ।

उनीहरुले नेपाल आउन झिटीगुण्टा बोकेर दिल्ली आइपुगेका अरु पनि सयौँ नेपाली पसल होटल रेष्टुरा सबै बन्दा हुँदा खाना र पानी समेत नपाएर सडक पेटीमै रात विताउन वाध्य भएको बताएका छन्।