१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

दिल्लीमा सयौँ नेपाली अलपत्र, दूताबास सम्पर्कमा आएन

दिल्लीमा सयौँ नेपाली अलपत्र, दूताबास सम्पर्कमा आएन
अ अ+ अ-


नयाँदिल्ली । कोरोना भाइरसका कारण नेपालले भारतसँगको सीमा क्षेत्र बन्द गरेपछि कामका लागि दिल्ली पुगेका सयौँ नेपाली अलपत्र परेको खबर छ । आफ्नो जन्मथलो फर्केर आउने क्रममा भारतको राजधानी दिल्ली आइपुगेका सयौं नेपाली अलपत्र परेका हुन् ।

भारतभर आइतवार जनता कर्फ्यु थियो । जसका कारण सबै नागरिक घरमै बसेका थिए । तर नेपालस्थित जन्म घर जान दिल्ली आइपुगेका नेपाली त्यतिखेर झन विलखवन्धनमा परेका हुन् । पुरै दिल्लीलाई लकडाउनको घोषणा गरिएपछि उनीहरु खुल्ला सडकमा सुतेका बताइएको छ ।

कोरोनाको कहर बढ्दै जाँदा त्यहाँको राज्य सरकारले दिल्लीमा लकडाउन घोषणा गरेको हो। भारतभर आइतवार कुनै पनि सवारी साधन चलेनन्।

हवाइजहाज, ट्रेन, मेट्रो, सार्वजनिक सवारी साधान ठप्प रहे। रेल मन्त्रालयले सोमबारबाट रेल सेवा पनि बन्द गर्ने घोषणा गरेको छ।

सार्वजनिक सवारीको साधनबाट यात्रा गर्दा कोरोनाको विस्तार हुने सम्भावना पछि भारतभर सार्वजनिक सवारी खासगरि रेल सेवा बन्द हुने अवस्थामा पुगेको छ। कम्तिमा २ हप्ता यो अवस्था कायम हुने देखिएको छ।

भारत सरकारले लिएको यहि सतर्कता नेपाल आउन दिल्ली आइपुगेका नेपालीहरुका लागि समस्या भएको छ।

विभिन्न राज्यबाट दिल्ली आइ त्यहाँबाट नेपाल आउने तयारीमा रहेकाहरु दोहोरो मारमा परेका छन्। एकातिर दिल्लीमा लकडाउन छ भने त्यहाआट कुनै पनि सवारी साधन चल्ने अवस्था छैन।
दिल्ली पुगेका उनीहरुले नेपालको दूताबाससँग सम्पर्क गर्न खोजिरहेका छन् । तर पनि हिजोदेखि दूताबासका कोही पनि सम्पर्कमा नआएको गुनासो उनीहरुले गरिरहेका छन् ।

उनीहरुले नेपाल आउन झिटीगुण्टा बोकेर दिल्ली आइपुगेका अरु पनि सयौँ नेपाली पसल होटल रेष्टुरा सबै बन्दा हुँदा खाना र पानी समेत नपाएर सडक पेटीमै रात विताउन वाध्य भएको बताएका छन्।