१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

नेपालमा कोरोना रोक्न चिनियाँ मोडलको तयारी, नेपाल आउन चिनियाँ डाक्टरको टीम तयार

नेपालमा कोरोना रोक्न चिनियाँ मोडलको तयारी, नेपाल आउन चिनियाँ डाक्टरको टीम तयार
अ अ+ अ-

काठमाडौं । कोरोनाका महामारीविरुद्ध लड्न सरकारले विभिन्न निर्णयहरु गरिरहेको छ । सरकारले आजबाट नेपालसँग सीमा जोडिएका भारत र चीनका सबै नाकाहरु बन्द गर्ने निर्णय गरेको छ । नेपालका सबै सीमा नाकाहरु एक साताका लागि बन्द गर्ने निर्णय आइनतबार नै गरेको छ । सीमा नाका बन्द हुँदा मानिसहरुको आउ–जाउ बन्द भए पनि अत्यावश्यक सामानको ढुवानी भने रोकिने छैन ।
यसैबीच अर्काे एक समाचारमा सरकारले नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्नका लागि चीनले अपनाएको मोडल अपनाउने तयारी गरिएको समाचार कान्तिपुर दैनिकमा छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले त्यसका लागि चीन सरकारसँग सहकार्य भइरहेको जानकारी दिएका छन् । यदि नेपालमा कोरोना संक्रमणको अवस्था देखियो भने त्यसको नियन्त्रणको लागि सहयोगस्वरुप नेपाल आउन चिनियाँ चिकित्सकहरु तयारी अवस्थामा रहेको पनि बताइएको छ ।
कान्तिपुरका अनुसार कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा विश्वमा अहिले दुई मोडल अपनाइएका छन् । पहिलो चिनियाँ मोडल जुन लकडाउन गर्ने विधि हो । वुहानमा संक्रमण सुरु भएपछि चीनले सहर नै लकडाउन गरेको थियो ।
दोस्रो मोडल लकडाउन नगरी प्रविधिको प्रयोग गरेर रोकथाम गर्ने विधि हो, जुन दक्षिण कोरिया, सिंगापुर, ताइवानलगायतले सफल रुपमा अपनाइरहेका छन् ।
नयाँ पत्रिका दैनिकले कोरोना संक्रमण फैलिए प्रभावकारी रुपमा नियन्त्रण गर्न सरकारले देशभर एक लाख व्यक्ति राख्न सक्ने गरी क्वारेन्टाइन बनाउने प्रक्रिया अघि बढाएको, तर संक्रमितलाई राखेर उपचार गरिने आइसोलेसन कक्ष भने देशभर मुस्किलले एक हजार बनाउन पनि चुनौती रहेको समाचार छापेको छ ।