२८ भाद्र २०८३, आईतवार
,
Latest
अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद र सिडिओले नै अफवाह फैलाए



अ+ अ-


काठमाडौँ । नेपालमा कोरोना भाइरसका विषयमा विभिन्न क्षेत्रबाट अफवाह फैलाइएको बताइएका बेला यहाँ सांसद र सिडिओले नै यस्तो अफवाह फैलाएको पाइएको छ । संघीय सांसद प्रदीप यादव, पर्साका सीडीओ विष्णुकुमार कार्की र सहायक सीडीओ ललितकुमार बस्नेतले नै कोरोना भाइरसबारे अफवाह फैलाएको समाचार आजको नयाँ पत्रिकामा छ ।


उनीहरुले वीरगञ्जका एक जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको बताएका थिए । पटना अस्पतालमा उपचाररत ती बिरामीमा कोरोना पोजेटिभ देखिएको भन्दै सांसद यादवले फेसबुक स्टाटस राखेका थिए भने सीडीओ र सहायक सीडीओले सन्चारकर्मीलाई पनि कोरोना देखिएको भनेर जानकारी दिएका थिए । त्यसपछि धेरैजसो मिडियाहरुले उनीहरुलाई नै उद्धृत गर्दै समाचार छापेका थिए । तर संक्रमित भनिएका शिव रुंगटाको रिपोर्ट नेगेटिभ आएको सो अस्पतालले पुष्टि गरेको छ ।