२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक जना नेपालीमा देखियो कोरोना, टेकु अस्पतालमा उपचार हुँदै



अ+ अ-

काठमाडौं । फ्रान्सबाट कतार हुँदै नेपाल आएका एक जना नेपालीमा कोरोना भाइरस देखिएको छ। सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले ती बिरामीको अहिले टेकु अस्पतालमा उपचार भइरहेको बताएका हुन ।

नेपालमा कोरोना भाइरसको पुष्टि भएको यो दोस्रो केस हो। कोरोना देखिएका ती विरामी २१ वर्षकी विद्यार्थी हुन् । उनी यही चैत ४ गते नेपाल आएकी हुन् । उनी कतार हुँदै नेपाल आएकि थिइन् । ‘उनको परिवारलाई क्वारेन्टाइनमा राखेका छौं र उनी सँगै जहाजमा आएका अन्य मानिस कहाँ-कहाँ छन्? भनेर खोजी गर्दैछौं’, पत्रकार सम्मेलनमा मन्त्री ढकालले भने।

महिना दिनअघि चीनको वुहानबाट फर्किएका एक नेपालीलाई पनि कोरोना देखिएको थियो।

अहिले उनी उपचारपछि निको भएर घर फर्किएका छन्।