१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

जिल्ला कारागारमा खानेपानीको अभाव

जिल्ला कारागारमा खानेपानीको अभाव
अ अ+ अ-

बझाङ । जिल्ला कारागार बझाङमा खानेपानीको समस्या भएको छ । खानेपानीको समस्याका कारण कैदीबन्दीलाई खान पकाउन, पानी पिउन र सरसफाइ गर्न समस्या हुँदै आएको छ । ‘ङ’ श्रेणीमा रहेको जिल्ला कारागार बझाङमा थुनुवा र कैदीबन्दी गरेर ६० जना भएकाले खान तथा सरसफाइ गर्न पानी अपुग भएको हो । पानीको एक धारा छ, कहिले आउँछ÷आउँदैन, पानी बनाएर ल्यायो भने बीच बाटोमै अरुले प्रयोग गर्न पाइपलाइन छुटाउने गरेको जिल्ला कारागारमा रहेका थुनुवा नाइके हिक्मत खड्काले बताउनुभयो ।

कारागारमा ४२ कैदीबन्दी छन् भने १८ थुनुवा छन् । सुरक्षाकर्मी गरेर ८० जनाभन्दा बढी कारागारमा बस्ने गरेका छन् । खाना पकाउनकै लागि तयारी गरेर पानी भर्न लागेमा एक जनाले २४ घण्टा खानेपानीकै ड्युटी गर्नुपर्ने अवस्था छ । खाना पकाउन र नुहाउनको त कुरै नगरौँ, शौचालयमा समेत पानी छैन । गर्मीयाम बढेसँगै रोगको त्रास फैलिरहेको बेला जिल्ला कारागारजस्तो संवेदनशील ठाउँमा खानेपानी नभएकामा कसैले चासो नदेखाएको कारागारका नाइके खड्काले बताउनुभयो ।

“हामीले फोहर गाडीमा हालिदिन्छौँ तपाईं गाडी मात्रै पठाइदिनुहोस् भन्दा पनि जयपृथ्वी नगरपालिकाले कुनै चासो नदेखाएको जेलर झलक रोकायाले बताउनुभयो । खानेपानीका पाइप केही दिनमा व्यवस्थित गर्ने रोकायाले बताउनुभयो । जयपृथ्वी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मङ्गल शाहीले भन्नुभयो, “अघिल्लो चोटी ल्याएका डस्टविन बजारमा वितरण गरेर नबचेकाले अब फेरि मगाउने तयारीमा रहेको र फोहर उठाउने गाडी केही दिनभित्रै कारागारमा पठाउने गृहकार्य भइरहेको छ ।”