१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

कोरोनाको परीक्षण अपर्याप्त भएको विज्ञहरुको गुनासो

कोरोनाको परीक्षण अपर्याप्त भएको विज्ञहरुको गुनासो
अ अ+ अ-

काठमाडौँ । कोरोना अर्थात् (कोभिड १९) संक्रमण पहिचानका लागि आवश्यक सामग्री पर्याप्त नभएको विज्ञहरुले बताएका छन् । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा कोरोनाभाइरस नमूना परीक्षण हुँदै आएको छ । तर त्यहाँ यस संक्रमणको आंशकामा प्रयोगशालाले गर्दै आएको नमुना परीक्षण पर्याप्त नभएको विज्ञहरुले बताएका हुन् ।

त्यहाँ हाल दिनमा ४५-५० जनाको मात्र नमुना परीक्षण गर्ने गरिएको छ । तर पनि यसरी दिनमा यति थोरै मानिसको मात्र परीक्षण गरेर बस्न नहुने उनीहरु बताउँछन् । उनीहरुले परीक्षणको दायरालाई फराकिलो पार्नुपर्ने बताएका छन् ।

प्रयोगशालामा कोरोनाभाइरसको नमुना परीक्षण गर्ने शैलीलाई फराकिलो बनाउनुपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डाक्टर बाबुराम मरासिनी बताउँछन् ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दैनिक ५० जनाको घाँटीको र्याल परीक्षण गर्ने गरेको प्रयोगशालाका सूचना अधिकृत राजेश गुप्ताले बताए । गुप्ताका अनुसार ५ सय ७२ जनाको नमुना परीक्षण गर्दा एक व्यक्तिमा मात्रै कोरोनाभाइरस देखिएको थियो ।

चीनबाट फैलिएको कोरोनाभाइरस विश्वभर महामरीको रुपमा फैलिएसँगै सरकारले जोखिमयुक्त ठाउँमा ज्वरो, सुख्खा खोकी, छाती दुख्ने, श्वासप्रश्वासमा समस्या भएका बिरामीको नमुना परीक्षण गर्नुपर्ने विज्ञहरुले जनाएका छन् । ‘नमुना परीक्षणको दायरा बढाउनुपर्छ,’ उनले भने, ‘उपत्यका भित्रबाट भएका वा आएका बिरामीको नमुना परीक्षण गरेर मात्र हुँदैन ।’

यस भाइरसको प्रभावकारी रुपमा परीक्षणका लागि आवश्यक योजनासाथ खाका बनाएर अगाडि बढ्नुको विकल्प नभएको डाक्टर मरासिनीको भनाई छ । प्रत्येक दिन सरकारले जोखिमयुक्त स्थानबाट नमुना संकलन गरेर परीक्षण गर्नुपर्छ उनले भने । स्थलमार्ग अन्तर्गतका विराटनगरको जोगवनी, काँकरभिट्टा, धरान चितवन, कञ्चनपुरको गड्डाचौकी, वीरगञ्जको रक्सौल, नेपालगञ्जको रुपडिया, तातोपानी नाका, केरुङ, किमाथान्का, हिल्सा कोरलालगायतका नाकामा पनि कोरोनाभाइरसको आशंकामा नमुना परीक्षण गर्ने क्षमता राख्नुपर्ने उनी बताउँछन् ।