१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज, पार्टी कार्यालय साँघुरो



अ+ अ-

काठमाडौंः नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनबाट चयन भएको केन्द्रीय कमिटीको बैठक आज डाकिएको छ ।

निकै लामो रस्साकस्सी र छलफल पछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणा गर्नु भएको केन्द्रीय कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्न कठिन भएपछि ललितपुरको सानेपा हाइटमा रहेको हेरिटेज प्लाजामा बस्न लागेको छ ।

बैठक आज अपराह्न ३ बजेका लागि डाकिएको छ । यस बैठकले खासगरी पदाधिकारी चयनका विषयमा छलफल गरी टुंगो लगाउने बताइएको छ ।

पदाधिकारीका आकाँक्षीको संख्या बढेसँगै महाधिवेशन प्रतिनिधिहरुबाट पदाधिकारी चयन गर्नुको साटो पार्टीले केन्द्रीय कमिटीका सदस्यबाट पदाधिकारी चयन गर्ने निर्णय गरेको थियो ।

माओवादीका एक नेताका अनुसार पार्टी कार्यालय साँघुरो भएकाले होटलमा केन्द्रीय कमिटीको बैठक गर्नु परेको हो ।

माओवादीको केन्द्रीय कमिटीमा हाल २९९ सदस्य छन् । तर खुलातर्फ १११ र समानुपातिक १२५ जना केन्द्रीय सदस्यहरुको नाम मात्र महाधिवेसनले सर्वसम्मतिले पारित गरेको छ । बाँकी ६३ जना र विधानले थप गर्न मिल्ने १५ प्रतिशत केन्द्रीय सदस्य चयन गर्नै बाँकी छ ।