१२ असार २०८३, शुक्रबार
,
Latest
लगातार तेस्रोपटक स्थगित भयो प्रतिनिधिसभा बैठक, आइतबार बिहान ११ बजे बस्ने काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता सवारी साधन लामो मार्गमा पनि चल्न पाउने



अ+ अ-

काठमाडौं । सरकारले आजदेखि लामो दूरीका सार्वजनिक सवारी साधनलाई रोक लगाए पनि निजी सवारी साधन भने नरोक्ने भएको छ । कोभिड–१९ जोखिमकोसबैतिर बढ्दै जाँदा सरकारले यात्रुको सुरक्षालाई दृष्टिगत गरी लामो दूरीका सार्वजनिक सवारी साधनमा रोक लगाएको हो । हालका लागि निजी सवारी साधन नरोकिने गरी निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

काठमाडौँ उपत्यकाबाट कुनै पनि सवारी साधन बाहिर जान नपाइने र बाहिरबाट पनि उपत्यका प्रवेश गर्न नपाइने यातायात व्यवस्था विभागले जनाएको छ । काठमाडौँ उपत्यका बाहिरका जिल्लामा पनि सार्वजनिक सवारी साधन एउटा जिल्लाबाट अर्को जिल्ला जान नपाउने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । उहाँले भन्नुभयो, “सार्वजनिक सवारी साधन एउटै जिल्लाभित्र मात्रै चलाउन पाइने छ ।”

सरकारले यसअघि नै १३ मार्गमा सञ्चालनमा रहेका नेपाल–भारतमैत्री बस सेवा तत्कालका लागि बन्द गरिसकेको छ । विभागले सार्वजनिक सवारी साधनले सिट क्षमताभन्दा बढी यात्रु राखेर यात्रा गराउन र यात्रुले पनि यात्रा गर्न नपाउने नियम लागू गरेको छ ।