२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानसेनापति सिग्देल चीनको औपचारिक भ्रमणमा प्रस्थान अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकाका २० ठाउँमा हात धुने व्यवस्था



अ+ अ-

काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यकाका बढी भीडभाड हुने २० स्थानमा हात धुनका लागि पानीको व्यवस्थापन गरेको छ । कोभिड–१९ को जोखिम बढेसँगै बस पार्क, तरकारी बजार, मुख्य चोकलगायत स्थानमा पानीको व्यवस्थापन गरिएको लिमिटेडले जनाएको छ ।

उपत्यकामा आवश्यक अरु स्थानमा समेत यो सेवा विस्तार गरिने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताउनुभयो । ती स्थानमा ५०० लिटर पानीसँगै हात धुने साबुनको व्यवस्था गरिएको छ । प्रशोधित पानी नियमितरूपमा उपलब्ध गराइने उहाँको भनाइ छ । ट्याङ्कीमा पानी खाली भए/नभएको हेर्ने जिम्मेवारी कर्मचारीलाई दिइएको छ । उहाँले भन्नुभयो, “स्थानीयवासीले पनि आफ्नो क्षेत्रमा रहेको ट्याङ्कीमा पानी भए÷नभएको जानकारी गराउन सक्छन् ।”

कोरोना भाइरसको जोखिम बढिरहे पनि लिमिटेडले नियमितरूपमा उपत्यकामा खानेपानी आपूर्ति गर्दै आएको छ । भाइरस रोकथाम र नियन्त्रणका लागि लिमिटेडले मास्क, स्यानिटाइजर, साबुनलगायत आवश्यक सामग्री उपलब्ध गराएर कर्मचारीलाई नियमित काममा लगाएको हो ।