२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष कमल गौतमको मृत्यु



अ+ अ-

काठमाडौँ । । भाषण गर्दागर्दै ढलेका नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ ।

भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालय अगाडि ट्रंकलाइन विवादमा उद्योगहरूमा विद्युत् लाइन काटिएको विरोध कार्यक्रममा भाषण गर्दागदै उनी बेहोस भएर ढलेका थिए ।

उनलाई तत्कालै मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले जानकारी दिए ।

६५ वर्षीय गौतम हृदयघातका भएर ढलेका थिए । चिकित्सकले हृदयघातका कारण मृत्यु भइसकेको जानकारी गराएको बस्यालले बताए ।

बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा गौतम नेकपा एमालेका केन्द्रीय सदस्य समेत हुन् । उनी २०५४ सालदेखि पार्टी र जिफन्टमा सक्रिय रहदै आएका थिए ।