१ असार २०८३, सोमबार
,
Latest
कञ्चनपुरमा ‘एन्फा कम्युनिटी कोर्स’ सुरु डिएनए परीक्षणका लागि कानुनी व्यवस्था तत्काल बनाउन विज्ञहरूको सरकारलाई सुझाव बढ्दो मानव–हात्ती द्वन्द्वः न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना हाेः राष्ट्रपति पाैडेल प्रतिनिधिसभाः सांसदद्धारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका विषय उठान यार्सा उत्पादनमा ६० प्रतिशत गिरावट आयो, हिमाली अर्थतन्त्र सङ्कटमा छः सांसद बुढा झापामा जंगली हात्तीको वितण्डाः संसदमा सांसद डाँगीद्वारा सरकारको ध्यानाकर्षण लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन स्वास्थ्य मन्त्री मेहता र जर्मन प्रतिनिधिमण्डलबिच शिष्टाचार भेट, स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारबारे छलफल प्रतिनिधिसभाका ४ सांसदको समिति हेरफेर
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनामा तीनको मृत्यु



अ+ अ-

दाङ । दाङको विभिन्न स्थानमा भएको सडक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आज दिउँसो दाङमा यात्रुवाहक बस र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । काठमाडौँबाट दाङ आउदै गरेको बा६ख ३९६७ नंको बस र लमहीबाट पूर्वतर्फ जाँदै गरेको रा१ब ८१८ नंको मोटरसाइकल गढ्वा गाउँपालिका–१ कालाकाटेमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी रोल्पाको गङ्गादेव गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेश पुनको मृत्यु भएको छ । रुकुम त्रिवेणी गाउँपालिका–२ खारा निवासी उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो । त्यस्तै रोल्पा गङ्गादेव गाउँपालिकाका कम्प्युटर अपरेटर तुलसीपुर उपमहानगरपालिका–५ निवासी रमेश ओलीको पनि उपचारका क्रममा मृत्यु भएको छ । उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ का २५ वर्षीय अजय कवर, दङ्गीशरण गाउँपालिका–२ का २४ वर्षीया सन्ध्या ओली र बर्दिया बासगढी नगरपालिका–६ का १८ वर्षीय कृष्ण चौधरी रहेका छन् ।

त्यस्तै, दाङको घोराहीदेखि लमहीतर्फ जाँदै गरेको रा३प ५४३० नंको स्कुटी लमहीको बेलदमारमा दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१८ नवलपुर निवासी ३६ वर्षीय अमितसिंह धामी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका धामीको लमहीस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।




भर्खरै