७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनामा तीनको मृत्यु



अ+ अ-

दाङ । दाङको विभिन्न स्थानमा भएको सडक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आज दिउँसो दाङमा यात्रुवाहक बस र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । काठमाडौँबाट दाङ आउदै गरेको बा६ख ३९६७ नंको बस र लमहीबाट पूर्वतर्फ जाँदै गरेको रा१ब ८१८ नंको मोटरसाइकल गढ्वा गाउँपालिका–१ कालाकाटेमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी रोल्पाको गङ्गादेव गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेश पुनको मृत्यु भएको छ । रुकुम त्रिवेणी गाउँपालिका–२ खारा निवासी उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो । त्यस्तै रोल्पा गङ्गादेव गाउँपालिकाका कम्प्युटर अपरेटर तुलसीपुर उपमहानगरपालिका–५ निवासी रमेश ओलीको पनि उपचारका क्रममा मृत्यु भएको छ । उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ का २५ वर्षीय अजय कवर, दङ्गीशरण गाउँपालिका–२ का २४ वर्षीया सन्ध्या ओली र बर्दिया बासगढी नगरपालिका–६ का १८ वर्षीय कृष्ण चौधरी रहेका छन् ।

त्यस्तै, दाङको घोराहीदेखि लमहीतर्फ जाँदै गरेको रा३प ५४३० नंको स्कुटी लमहीको बेलदमारमा दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१८ नवलपुर निवासी ३६ वर्षीय अमितसिंह धामी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका धामीको लमहीस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।