१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

जहाजमा सँगै यात्रा गरेका साथीलाई कोरोना देखिएपछि उनी टेकू अस्पताल गएकी थिइन्

जहाजमा सँगै यात्रा गरेका साथीलाई कोरोना देखिएपछि उनी टेकू अस्पताल गएकी थिइन्
अ अ+ अ-

काठमाडौं । फ्रान्सबाट कतारको दोहा ट्रान्जिट हुँदै उनी काठमाडौं आएकी युवती एउटै प्लेनमा सँगै यात्रा गरेका भियतनामी साथीमा कोरोना देखिएपछि उनी टेकुस्थित शुक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग अस्पतालमा पुगेको खुलासा भएको छ ।

ती किशोरी त्यसै अस्पताल भने पुगेकी थिइनन्। उनीसँगै विमानमा यात्रा गरेकी उनकी साथी भियतनाम पुग्दा उनी काठमाडौं उत्रिएकी थिइन्। भियतनाम पुगेकी साथीमा उनीहरु छुट्टिएको चार दिनपछि कोभिड १९ को संक्रमण रहेको देखियो। त्यो खबर पाएपछिमात्रै उनी हतारिँदै टेकु पुगेकी थिइन्।

सोमबार स्वास्थ्य मन्त्रालयले ती किशोरीमा कोभिड १९ पोजेटिभ देखिएको पुष्टि गरेको छ। तर, जतिखेर उनी टेकु अस्पतालमा पुगेकी थिइन्, त्यतिखेर उनमा संक्रमणको कुनै संकेत देखिएको थिएन।

‘उहाँमा कुनै सिमटम देखिएको थिएन। र, आफैँ होम क्वारेन्टाइनमा बस्न जानुभएको थियो,’ अस्पतालमा रहेको रेडक्रसको हेल्प डेस्कका परामर्शादाता भोजराज ओझाले भने।

उनका अनुसार हेल्प डेस्कमा विदेशी नागरिक र विदेशबाट फर्केकाहरु नै धेरै आउने गरेका छन्। कोरोना संक्रमण देखिएकी किशोरीजस्तै अहिलेसम्म ६० जनाले सेल्फ क्वारेन्टानइनमा बस्ने सहमतिपत्रमा हस्ताक्षर गरेर फर्केका छन्। ट्राभल हिस्टीका आधारमा मात्र अस्पतालले उनीहरुको रगतको स्याम्पल लिँदै आएको छ।

शुक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग अस्पतालका डाक्टर विनोद पाण्डेका अनुसार सामान्य रुघाखोकी र ज्वरो आउँदैमा पनि धेरै जना अस्पताल पुग्ने गरेका छन्। आवश्यकता अनुसार इमर्जन्सीमा पनि उनीहरुको उपचार गरिने उनले बताए। ‘यहाँ आएका कसैमा कोभिड १९ को लक्षण देखिएमा नमुना संकलन गरी परीक्षणका लागि पठाइन्छ र आइसोलेसनमा राखेर उपचार गरिन्छ,’ उनले भने।