२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानसेनापति सिग्देल चीनको औपचारिक भ्रमणमा प्रस्थान अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीमा निषेधाज्ञा, आदेशको उल्लङ्घन गर्नेलाई कारवाही गरिने



अ+ अ-

कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले आज दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कोरोनाको सङ्क्रमण फैलिन नदिन कुनै पनि गतिविधि हुन र गर्न नदिने गरी जिल्लाभरि निषेधाज्ञा जारी गरेको छ ।

कार्यालयले आज जारी गरेको सूचनामा कैलाली जिल्ला कोरोनाको सम्भावित सङ्क्रमणको उच्च जोखिममा रहेको परिप्रेक्ष्यमा यसको सम्भावित सङ्क्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको सङ्क्रमण फैलिन नदिन नेपाल राजपत्रले तोकेका अत्यावश्यकबाहेकका अन्य सेवा आज दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि स्थानीय प्रशासन ऐनअनुसार नगर्न नगराउन हुन यो निषेधाज्ञा जारी गरिएको उल्लेख गरिएको छ । उक्त आदेशको उल्लङ्घन गर्नेलाई कानूनबमोजिमको कारवाही गरिने समेत सूचनामा उल्लेख गरिएको छ ।