२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग–२ मा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र यूएईको खेल आज बिहान सवा ११ बजेदेखि सुरु हुँदैछ ।

लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालका लागि आजको खेल जित्नै पर्ने दबाब छ ।

लिग–२ शृङ्खलामा नेपाल र आयोजक यूएईलाई हराएपछि अमेरिका तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

दुबई इन्टरनेसनल क्रिकेट मैदानमा गत मंगलबार भएको खेलमा अमेरिकाले यूएईलाई चार विकेटले हरायो । यसअघि शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपालमाथि १ सय ६ रनको सहज जित निकालेको थियो ।

अमेरिकासँगको पहिलो खेलमा कमजोर ब्याटिङ गरेको नेपाललाई घरेलु टोली यूएईलाई पराजित गर्न आज थप मिहिनेत गर्नुपर्ने अवस्था छ ।

नेपालले यूएईपछि शृङ्खलाको अर्को खेल कात्तिक १५ गते शनिबार अमेरिकासँग र अन्तिम खेल कात्तिक १९ गते बुधबार यूएईसँग खेल्नेछ ।

विश्वकप लिग–२ मा १७ खेल खेलेको नेपालले १२ अंक जोडेको छ । समान खेल खेलेको युएईको ६ अंक छ । तालिकामा नेपाल सातौं स्थानमा छ भने यूएई आठौं स्थानमा छ । २२ खेल खेलिसकेको अमेरिका ३२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।